site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्तो होला सन् २०५० को स्वास्थ्य सेवा ?

"अहिले नेपाल हल्यान्डभन्दा ५० वर्षजति पछाडि छ तर साँच्चै चाहने हो भने अर्को १० वर्षमा नेपालले भेट्टाउन सक्छ" – नेपाल र हल्यान्डको स्वास्थ्य सेवाको  तुलना गर्दै उनले भने । काठमाडौंमा सबै प्रकारका बाल रोगको उपचार हुने र गरिबको पनि पहुँचमा हुनसक्ने स्तरीय बाल अस्पताल खोल्ने प्रयासमा सहयोग गर्न अर्को सेन्केल नेपाल आएका थिए । स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोगसम्बन्धी यी विशेषज्ञसँगै विभिन्न विधाका विशेषज्ञ सम्मिलित एउटा टोलीले काठमाडौंमा सरकारी र निजी क्षेत्रबाट सञ्चालित बाल अस्पतालको अवलोकन गरेपछि मैले उनलाई नेपाल र हल्यान्डको स्वास्थ्य सेवाको तुलना गर्न आग्रह गरेको थिएँ । 

अर्कोले अबको अस्पताल सन् २०२० हैन ‘सन् २०५० का लागि’ हुनुपर्छ भनेपछि मेरो कौतुहल जागेको थियो । अहिलेको सन् २०५० को अस्पतालमा के फरक पर्ला ? मेरो जिज्ञासा उनले भने – ‘सन् २०५० को अस्पताल ‘भवन हैन सेवा’ हुनेछ । सूचना प्रविधिको प्रयोगबाट बिरामी अस्पताल आउनै पर्ने बाध्यता रहनेछैन भने संसारको जुनसुकै कुनामा बसेर पनि उत्कृष्ट विशेषज्ञको सल्लाह लिन सकिनेछ । यसैगरी अहिलेको डाक्टरकेन्द्री स्वास्थ्य सेवा बिरामीमुखी हुनेछ । मानिसको जीवनशैली आउने परिवर्तनले रोगका प्रकृतिमा पनि फरक पर्नेछ । अधिकांश रोगका लागि बिरामी स्वयंले आफ्नो शारीरिक लक्षण आफैँ जाँच गर्नेछन् र डाक्टरसँग छलफल गर्नेछन् । 

सामान्यतः अस्पतालमा शैया हुनेछैनन् । जटिल रोगमा पनि स्थानीय चिकित्सकसँगै बिरामीले विशेषज्ञ डाक्टरसँग छलफल गर्न र सेवा लिन सक्नेछन् । बिरामी आफैँले पनि आफ्नो अवथाका बारेमा र आफूलाई दिइएको औषधिका बारेमा धेरै कुरा थाहा पाउनेछन् । अरू कसैका भरमा पर्नु पर्नेछैन ।  आफूलाई कस्तो जोखिम छ भन्ने थाहा पाएरै उपचारको प्रकृति रोज्न पाउनेछन् । कारण, स्वास्थ्यसम्बन्धी सबै जानकारी इन्टरनेटबाट लिन सकिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

हल्यान्डलगायत विकसित देशले पनि पूर्ण डिजिटल युगमा प्रवेश गर्न अहिलेको प्रणाली परिवर्तन गर्नुपर्ने हुन्छ । नेपालले सोझै पूर्ण डिजिटल प्रविधि प्रयोग गर्न सक्छ । यसले गर्दा १० वर्षमा नेपालले भेट्टाउन सक्छ भनिएको हो । यो यथार्थमा अवसर पनि हो । एकैपटक डिजिटल प्रविधिमा जाँदा खर्च कम हुन्छ । पहिले अर्को प्रविधिमा गएर अनि डिजिटलमा जाँदा दोहोरो पर्छ ।   

भविष्यको स्वास्थ्य नीतिमा जनताको जीवन शैलीलाई निरोगी बनाउनमा पनि उत्तिकै जोड दिइनेछ । अहिले हल्यान्डमा बिहान दौडनेलगायतका व्यायाम गर्नेलाई निश्चित अंक दिइन्छ । उनीहरू सबै इन्टरनेटद्वारा केन्द्रीय प्रणालीमा जोडिएका हुन्छन् । व्यायामबाट आर्जन गरेको अंक खर्चेर खेलकुदका सामग्री खरिद गर्न पाइन्छ । सरकार, समुदाय वा रोजगारदाताले पनि यस्ता सहुलियत दिन थाल्नेछन् । यसैले नेपालले अहिल्यैदेखि निरोगी जीवन शैली अपनाउन प्रोत्साहन गर्ने नीति अपनाउनुपर्छ । त्यसका लागि गोपनीयताको प्रश्न त छ तर सबै जना एउटा सञ्जालमा जोडिनुपर्छ र कतै न कतैबाट निगरानी गर्नुपर्छ । त्यसरी गरिने निगरानीले पनि व्यक्तिको स्वास्थ्यको जानकारी सजिलै प्राप्त गर्न र कसैलाई पठाउन सकिनेछ । 

Global Ime bank

कल्पना गरौँ, एक जना बालक हुम्लाको स्वास्थ्य केन्द्रमा मुटुको समस्या लिएर आइपुग्छन् । उनलाई पहिले त्यहाँका डाक्टरले जाँच्छन् । स्वास्थ्य केन्द्रका डाक्टरलाई बालकको मुटुको अप्रेसन गर्नुपर्ने हो कि भन्ने लाग्छ । ती डाक्टरले विशेषज्ञसँग समय लिएर बिरामीलाई समेत राखेर भिडियो कल गर्छन् । बिरामीको अवस्था हेरेर विशेषज्ञले काठमाडौंको अस्पतालमा समय मिलाइदिन्छन् वा औषधि लेखिदिन्छन् र अर्को साताका लागि पुनः समय दिन्छन् । अत्यन्त जरुरी रहेछ भने अप्रेसनका लागि भिडियोबाटै निर्देशन दिनेछन् । अर्को साताको सल्लाहका लागि बिरामी स्वास्थ्य केन्द्र पनि आउनु पर्दैन । घरैमा बसेर डाक्टरलाई आफ्नो प्रगति सुनाउँछन् । अहिले नै रक्तचापलगायत कतिपय परीक्षण आफैँ गर्न सकिन्छ । अबका केही वर्षमा यस प्रविधिमा पनि उल्लेख्य प्रगति हुनेछ । यस प्रगतिले बिरामीको सशक्तीकरण गर्नुका साथै चिकित्सकलाई पनि धेरै सजिलो बनाउनेछ । 

त्यसो भए अहिलेजस्तो अस्पतालै हुँदैनन् त ? अर्को भन्छन् — हुन्छन् तर अति थोरै हुन्छन् र अत्यन्त गम्भीर उपचारका लागिमात्र बिरामी अस्पतालमा भर्ना हुनेछन् । सामान्यतः बिरामीले मोबाइल फोनबाटै डाक्टरको समय लिने, पैसा तिर्ने, परीक्षण गर्ने र सल्लाह लिने गर्नेछन् । 

‘यो प्रविधि अपनाउन अहिलेदेखि नै तत्पर हुने हो भने नेपालजस्ता विकासोन्मुख देशले स्वास्थ्य सेवामा विश्वस्तरको सुविधा छिटै नै उपलब्ध गराउन सक्नेछन् ।’ अर्को भन्छन् — भविष्यको स्वास्थ्य सेवामा निजी र सार्वजनिक क्षेत्र दुवैको भूमिका हुन त सक्छ तर प्रमुख भूमिका सार्वजनिक क्षेत्रकै हुनेछ ।

स्वास्थ्य बिमालाई सर्वव्यापी बनाउने सरकारी नीतिको सराहना गर्दै अर्कोले भने यसलाई  सफल र लाभदायी बनाउन पनि उन्नत प्रविधि अपनाउनै पर्छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC