site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१११ सिटका लागि ८०२ जना चुनावी मैदानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८०२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी १११ सिटका लागि ८०२ जनाले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

३२ जिल्लामा उमेदवारी दर्ता उत्साहजनक रुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र सदस्यका लागि ३२० जनाको उमेदवारी परेको छ भने प्रदेशसभामा ७४ सिटको लागि ४८२ जनाले उमेदवारी दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राति अबेरसम्म पनि मनोनयन दर्ता प्रक्रिया जारी थियो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आ आफ्ना उमेदवार चुनावी मैदानमा उतारेका छन् ।

Global Ime bank

३७ सिटमध्ये एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उमेदवारी दिएका छन् । त्यसैगरी प्रदेशसभाको ७४ सिटमध्ये माओवादी केन्द्रले ३३ र एमालेले ४१ सिटमा उमेदवारी दिएका छन् ।

वाम गठबन्धनको सहमतिअनुसार  ६०  र ४० प्रतिशत क्षेत्रमा उमेदवारी परेको हो । त्यसैगरी लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले थोरै मात्रै क्षेत्रमा तालमेल गरेको छ ।

प्रतिनिधिसभामा कांग्रेसले ३७ मध्ये ३५ आफैं चुनावी मैदानमा उत्रिएको छ भने बाँकी दुईमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उमेदवार रहेका छन् ।

त्यसैगरी ७४ मध्ये ६९ सिटमा कांग्रेस एक्लै प्रतिष्पर्धा गरेको छ भने बाँकी सिटमा संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उमेदवार रहेका छन् ।
तस्बिर, रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC