site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ठूला नेता प्रदेशसभा उमेदवार (को कहाँ ?)
Sarbottam CementSarbottam Cement

काठमाडौं । ७४ प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा मनोनयन भएको छ ।  प्रदेशसभा सदस्यको दौडमा दोस्रो तहका मात्रै नभई पार्टीका ‘हेवी वेट’ पनि छन् । 
गठबन्धन गरेर निर्वाचनमा होमिने पार्टीको निर्णयानुसार एमाले– माओवादी केन्द्रका केही ठूला नेताहरू प्रदेशसभा खुम्चिन पुगे पनि केही नेता भने मुख्य मन्त्री र प्रदेशको ‘हर्ताकर्ता’ को आकांक्षी बनेका छन् ।

प्रदेशमा लड्ने एमालेका ठूला अनुहार
एमाले सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने आकांक्षाका साथ मैदानमा खडा छन् ।
०६४ को निर्वाचनमा  लम्जुङ–२ बाट १९५८३ मत ल्याएर विजयी भएका गुरुङ ०७० को निर्वाचनमा भने कांग्रेसका चन्द्रबहादुर गुरुङसँग पराजित भएका थिए ।
त्यस्तै एमाले पोलिटव्युरो सदस्य अरुण नेपाल पनि सिन्धुपाल्चोक–१ को प्रदेश क बाट उमेदवार बनेका छन् । नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा ०६४ र ०७० को निर्वाचनमा दुवै पटक पराजित भएका थिए । उनी मुख्य मन्त्री बन्ने दौडमा भन्दा पनि सोही वाम तालमेलको कोपभाजनमा परेको बुझ्न कठिन हुँदैन । आफ्नो क्षेत्र माओवादी केन्द्रका नेता अग्नि सापकोटालाई सुम्पनु पर्दा उनी प्रदेशसभा सदस्यको उमेदवार बन्नुप¥यो ।
०७० को निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट २२ हजार १९६ मत ल्याइ विजयी भएका एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे यसपटक धादिङ–१ को क बाट प्रदेशसभा सदस्यको उमेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्रीको दावेदार नै हुन् ।
त्यस्तै वाम तालमेलको कोपभाजनमा पर्ने अर्का प्रभावशाली नेता हुन्, पशुपति चौलागाईं । एमाले पोलिटव्युरो सदस्य रहेका चौलागाईं यसअघि ०६४ को निर्वाचनमा दोलखा–१ बाट माओवादी नेतृ देवी खड्कासँग पराजित भएका थिए ।
पोलिटव्युरोका वैकल्पिक सदस्य एवम् पूर्वमन्त्री शेरधन राई पनि १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । भोजपुर–२ बाट ११ हजार ९२७ मत ल्याएर विजयी भएका राई यसपटक भाजपुर खबाट प्रदेशसभाको सदस्यमा उठेका छन् ।
त्यस्तै एमालेका युवा नेता तथा राजेन्द्र राई पनि भोजपुर कबाट प्रदेशसभाको उमेदवार बनेका छन् । विद्यार्थी नेता हुँदा सडक तताएका नेता राई एमाले जनताबीचमा ‘नन टेस्टेड’ हुन् ।
रामेछाप–२ बाट गत संविधानसभाको निर्वाचनमा पराजित एमाले नेता कैलाश ढुंगेल यसपटक प्रदेशसभा सदस्यको दौडमा छन् । अघिल्लो पटक आफैँलाई हराएका माओवादीका उमेदवार श्यामकुमार श्रेष्ठलाई सघाउनुपर्दा उनी प्रतिनिधिसभा सदस्य बन्न बञ्चित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी केन्द्रका ‘हेवीवेट’
तुलनात्मक रूपमा माओवादी केन्द्रका ठूला नेता प्रदेशसभा सदस्य बन्ने दौडमा छैनन् ।
माओवादी केन्द्रका नेता एवम् यसअघि ऊर्जा मन्त्री रहेका महेन्द्रबहादुर शाही ६ नम्बर प्रदेशको मुख्य मन्त्री बन्ने दाउका साथ प्रदेशसभा सदस्यमा उठेका छन् । उनी कालिकोट खबाट उमेदवार बनेका हुन् । शाही गत संविधानसभाको निर्वाचनमा १२ हजार ८८ मत ल्याएर एमाले उमेदवारलाई पराजित गरेका थिए ।
त्यस्तै ०६४ सालको संविधानसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट २५ हजार ७५ मत ल्याएर विजयी बनेका माओवादी केन्द्रका नेता एवम् पूर्व माओवादी निकट ट्रेड युनियन अध्यक्ष शालिकराम जम्कट्टेल यसपटक प्रदेशमा खुम्चिएका छन् । एकअर्काका प्रतिस्पर्धी बनेका एमाले नेता राजेन्द्र पाण्डे र जम्कट्टेल दुवै प्रदेशमा झर्नु अनौठो संयोग बनेको छ ।
त्यस्तै ०६४ सालको संविधानसभाको निर्वाचनमा अपराजित इतिहास कायम गरेका राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर राणालाई हराएर चर्चामा आएका माओवादी नेता दावा तामाङ यसपटक सिन्धुपाल्चोक–२ ख बाट प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
तामाङले १४ हजार २१६ मत ल्याउँदा राणा तेस्रो भएका थिए त्यतिबेला । उनको १० हजार २३ मत आएको थियो ।
राणा कांग्रेस–राप्रपा प्रजातान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडिरहँदा दावा प्रदेशसभाको उमेदवार बन्न पुगेका छन् ।
त्यस्तै पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ पनि प्रदेशसभा सदस्यको उमेदवार बनेकी छन् । माओवादी केन्द्रका तर्फबाट समानुपातिकमा परेकी उनी यसपटक प्रदेशसभामा झरेकी हुन् । 

कांग्रेसका ‘हेवीवेट’
कांग्रेसका नेताहरूको आशक्ति प्रदेशसभा देखिएको छैन । त्यसकारण कांग्रेसका ठूला नेता प्रदेशसभा सदस्यको ‘लिगलिगे’ दौडमा छैनन् भन्दा हुन्छ ।
पूर्व पर्यटन तथा खानेपानी मन्त्री रहेका जीवनबहादुर शाही ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । यसअघि हुम्ला–१ बाट ८ हजार ३३२ मत ल्याएर विजयी भएका शाही यसपटक हुम्ला खबाट उमेदवार बनेका छन् । त्यस्तै नुवाकोटका नेता जगदिशनरसिंह केसी पनि प्रदेशसभाको दौडमा छन् । बाग्लुङका पूर्वसांसद प्रकाश पौडेल, बझाङका पूर्व सांसद चन्द्रा जोशी, पूर्व सांसद्हरू लिलादेवी बोखिम, आगेली शेर्पा, दीपकजंग शाह यसपटक प्रतिनिधिसभा सदस्यबाट रिङ आउट हुँदै प्रदेशसभामा झरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  ०३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC