site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धेरै क्षेत्रमा वाम गठबन्धनसँग कांग्रेस प्रतिस्पर्धामा (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचनका लागि राजनीतिकि दल र स्वतन्त्र उमदेवारले उमेदवारी दर्ता गरेका छन् ।

केही साना दल र स्वतन्त्रले उमेदवारी दिए पनि अधिकांश ठाउँमा एमाले माओवादी गठबन्धन र कांग्रेस उमेदवारको प्रतिस्पर्धा हुने देखिएको छ ।

वाम गठबन्धनमा एमाले, माओवादी र अन्तिम समयमा आएर राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उमेदवारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धनको तर्फबाट एमालेले प्रतिनिधिसभाका लागि १९ र प्रदेशसभाका लागि ४० स्थानबाट उमेदवारी दिएको छ भने माओवादीले प्रतिनिधिसभाका लागि १६ तथा प्रदेशका ३२ स्थानमा उमेदवारी दिएको छ । यता जनमोर्चाले प्रदेशसभाका लागि बागलुङका दुई क्षेत्रबाट उमेदवारी दिएको छ भने अन्य क्षेत्रमा एमाले र माओवादी उमेदवारलाई सघाउने जनाएको छ । 

अधिकांश स्थानमा एक्लै उमदेवारी दिएको कांग्रेसले राप्रपालाई प्रदेशसभाका लागि धादिङमा एक तथा बैतडीमा एक क्षेत्र दिएको छ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणालाई सिन्धुपालचोकको क्षेत्र नं २ मा सघाउने भएको छ । उता नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभामा तथा गोरखाकै क्षेत्र नं २ (क) र रसुवाको क्षेत्र नं २ मा कांग्रेसले नयाँ शक्तिलाई सघाउने भएका छन् ।

Global Ime bank

त्यसैगरी संघीय समाजवादी फोरमले भोजपुरमा कांग्रेससँग तालमेल गरेको छ । भोजपुरको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र नं २ मा कांग्रेसलाई फोरमले सघाउने छ भने प्रदेशको क्षेत्र १ मा फोरमका अजम्बर राईलाई कांग्रेसले सघाउने समझदारी भएको छ ।

निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता भएको जनाएको छ ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ पदका लागि निर्वाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ । 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तो छ उमेदवारको सूची

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC