site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ३२ जिल्लामा उमेदवारी दर्ता जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्ला निर्वाचन कार्यालयमा दलहरूले उमेदवारी दिएका छन् । उमेदवारी घोषणा र मनोनयनमा विशेषगरी दुई पक्षको प्रतिस्पर्धा हुने देखिएको छ । एकतर्फ एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उमेदावरी दिएका छन् भने अर्कोतर्फ कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्तिले तालमेल गरेको छ ।

बाम गठबन्धनको तर्फबाट एमालेले प्रतिनिधिसभाका लागि १९ र प्रदेशसभाका लागि ४० स्थानबाट उमेदवारी दिएको छ भने माओवादीले प्रतिनिधिसभाका लागि १६ तथा प्रदेशका ३२ स्थानमा उमेदवारी दिएको छ । यता जनमोर्र्चाले बागलुङको दुई प्रदेशसभामा गठबन्धनको तर्फबाट दुई उमेदवार उठाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता भइरहेको जनाएको छ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ पदका लागि निर्वाचन हुन गइरहेको छ । केही ठाउँमा स्वतन्त्र उमेदवारी समेत परेको छ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ । 

Global Ime bank

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (प्रमाण) समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ । 

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उमेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन गर्न पाउदैनन् । त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उमेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (प्रमाण) तथा दलको उमेदवारको हकमा दलको औपचारिक पत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ । 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC