site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको झण्डासहित पुगेका दीपक मनाङ्गेले स्वतन्त्र उमेदवारी दिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ खबाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । यद्यपि उनी एमालेको झन्डासहित उमेदवारी दर्ता गराउन पुगेका थिए ।

यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भए पनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको हो । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उमेदवारी दर्ता गरेपछि बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै “मलाई मनाङका जनताले मन पराएका छन् । म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिए पनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,” गुरुङले भने ।

यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC