site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
३२ जिल्लाका ३७ स्थानबाट प्रत्यक्ष निर्वाचनको मनोनयन दर्ता आज ‍ (कार्यतालिकासहित)
Sarbottam CementSarbottam Cement


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १० गते हुने निर्वाचनका लागि आज ३२ जिल्लाका ३७ स्थानबाट प्रत्यक्षतर्फका उमेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् ।

निर्वाचन आयोगमा दर्ता ९१ दलले ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभातर्फ ७४ ओटा निर्वाचन क्षेत्रमा सोही संख्याका प्रतिनिधिका लागि आइतबार उमेदवारी दर्ता हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले बिहान १० देखि ५ बजेसम्मदको समयलाई मनोनयनका लागि छुट्याएको छ । कांग्रेस, एमाले माओवादी, राप्रपा, संघीय समाजवादी, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टीलगायतका पार्टीले उमेदवारी दिने तयारी गरेका छन् । 

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुने छ । 
उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ । 

Global Ime bank

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ । 

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन गर्न पाउदैनन् । त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ । 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ । 
\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC