राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन् ।
राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसंग आशीर्वाद लिए । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४ १९:१८
प्रतिक्रिया दिनुहोस्