site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ । 

प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्र्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताए ।

 प्रदेशसभातर्फ क्षेत्र नं १ मा कृष्ण पण्डित र लक्ष्मी राना बडायक, २ मा सुरेन्द्र चौधरी र कमल साहु तथा ३ मा मञ्जु चौधरी र नीरु कोलीलाई सिफारिस गरिएको उनले जानकारी दिए । प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ रोशना थापा मगर, कमला चौधरी, रामबहादुर चौधरी, धनादेवी नाथ र गौरा लुहारलाई सिफारिस गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC