site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गरिएको बताएका छन् ।   

शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उनले भनेका छन्, “उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसारप्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग हार्दिक अनुरोध गर्दछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी छनोट गर्दा संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यान दिनसमेत राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा यादवले सुझाव पनि दिएइका छन् । 

पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । 

Global Ime bank

उनले सन्देशमा भनेका छन्, “नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भई लोकतन्त्रको बलियो जग खडा भएको छ । अब प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र समृद्ध देश निर्माण गर्नुछ । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मतदातामा दीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि आयोगको तर्फबाट उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC