site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए: प्रधानमन्त्री देउवा
Sarbottam CementSarbottam Cement

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको आरोप लगाएका छन् ।  

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले भने, “लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ । ” 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले  भने, “लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन् । लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा कांग्रेसको विजयी जरुरी छ ।”  

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उनले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गरे ।  

प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै “कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्,” भने ।  

Global Ime bank

राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उनले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताए ।  

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको बताए ।   

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली कांग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको काँग्रेस अझै लड्न तयार भएको बताए ।  

सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गरे ।  रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC