राजनीति
मनाङ । मनाङ जिल्लाबाट प्रदेशसभामा एमालेबाट सिफारिस भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
चुनाव प्रचारप्रसार तथा कार्यकर्ता घेटघाटमा मनाङले नारफु गाँउपालीका ५ ओटा वटा र पिसाङ गाँउपालीकाका नवै वडामा पुगेको र मनाङबासीमा चुनावको माहोल सिर्जना गरेको बताएका छन् ।
“मलाई मनाङका जनताले मन पराएका छन्, मनाङका जनताले चाहेका कारण म राजनीतिमा होमिएको हुँ, मेरा विरोधीले देख्न नसकेर मेरो बारेमा विभिन्न नराम्रा टिकाटिप्पणीहरु गर्न थालेका छन्, मनाङबासीले त्यस्ता कुनै पनि कुरालाई पत्याउने छैनन्,” प्रचारमा व्यस्त रहेको मनाङ्गेले भने ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४ ११:५३
प्रतिक्रिया दिनुहोस्