site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिरोमा परि प्यूठानमा आठजनाको मृत्यु
Ghorahi CementGhorahi Cement



प्यूठान, २१ असार । गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ ।

उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उहाँसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिए ।

Agni Group

मृत्यु भएका मल्ल अन्दाजी ४५ वर्षीय हुनुहुन्थ्यो भने ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो ।

घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहँुदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

Global Ime bank

त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुजाका  होम बहादुर सुनार र नाम नखुलेकी उनकी श्रीमती र नातिनी रहेको थाहा हुन आएको छ ।  पुजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तर रजवारामा ठूलो घटना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।  यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बीचमा सातजना कामदार फसेका छन् । हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए । मजदुरको गएरातिदेखी आज विहानसम्म मजदुरको उद्धार हुन सकेको छैन । रासस

–––––––––

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC