राजनीति
रौतहट । विना विभागीय मन्त्री प्रभु साहको सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ ।
महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन साह र गुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी पलट चौधरीसहितको सहभागितामा साइकल वितरण सम्पन्न भएको हो । उक्त सहयोगबाट विद्यार्थीको अध्ययनमा टेवा पुुग्ने प्रधानाध्यापक रामेश्वर चौधरीले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४ ०६:००
प्रतिक्रिया दिनुहोस्