site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

जुम्ला । आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । 

तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिए ।  

Agni Group

“वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन्, त्यही समस्याले उनीहरुलाई पिरोल्छ”, उनले भने । चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनको भनाइ छ । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन् । 

कनकासुन्दरी–२ का स्थानीय मोतीलाल रावतले सिंजालीहरुको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताए । उनका अनुसार सिंजालीहरु यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एकजनाले तीन महिनामा रु ९० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्छन् । जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन् । 

Global Ime bank

जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले हाल जुम्लामा कूल मतदाता संख्या ५९ हजार ५८ रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC