site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी बारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ ।

बुधबार आयोगमा आयोजित कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिरमा हुने निर्वाचनलाई पनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग तथा सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनको तयारीका लागि आयोग अहोरात्र खटिरहेको र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र अन्य सहभागीहरूले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन छोटो समयमा सफल गराएको भनी आयोगको प्रशंसा गरे । 

आगामी निर्वाचनका सन्दर्भमा आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले निर्वाचन पर्यवेक्षण गर्ने विषय र बदर मतपत्रको संख्या घटाउने र आयोगबाट गरिएको तयारी सम्बन्धमा कूटनीतिज्ञहरूले चासो राखेका थिए ।

Global Ime bank

कार्यक्रममा आयोगले गरेको निर्वाचनको समग्र तयारीका बारेमा आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC