राजनीति
काठमाडौं । मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषदले सिफारीस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधवार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले आगामी मंसिरमा हुने निर्वाचनका लागी सेना परिचालन गर्ने निर्णय गरेको हो ।
सुरक्षा परिषदको सचिवालयले सेना परिचालनको निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएपछि अनुमोदनका लागी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्णयार्थ पेश हुनेछ ।
सेना परिचालनको लागी सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४ १८:००
प्रतिक्रिया दिनुहोस्