site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कात्तिक ५ गते नै सरकार छाड्छौं, समर्थन फिर्ता हुन्छः मन्त्री शाही 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कात्तिक ५ गते सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् । 

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको स्पष्ट पारेका हुन् । उनले भने,‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसेका हौं, होईन भने हामीलाई विनाविभागीय भएर सरकारमै बसिरहन चाहाँदैनौं।’

उनले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिना विभागियकै रुपमा भएपनि बस्ने स्पष्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

शाहीले भने,‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्, हामी यही कात्तिक ५ गतेसम्म सरकारमा बस्छौँ त्यसपछि सरकार छोड्छौँ।’ 

आफूहरु मृत्यसँग जितेर आएको बताउँदै मन्त्री शाहीले तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने चेतावनी समेत दिए। 

Global Ime bank

उनले भने,‘हामी मृत्युसँग जितेर आएका मानिस हौ, हामी सत्ताको लागि होईन मुलुकको हितका निम्ति बाँचेका मानिस हौँ, संघियता बिरोधी, धर्मनिरपेक्षा बिरोधिजस्ता तत्वहरुलाई सरकारमा सामेल गराएर चुनाव सार्ने काम हामीलाई स्विकार्य हुँदैन।’

मन्त्री शाहीले वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत स्पष्ट पारे । उनले भने,‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुनै पार्टीको बहुमत आएन, फेरीपनि केन्द्र र प्रदेशको निर्वाचनमा पनि प्रष्ट बहुमत नआउने पक्का छ, त्यसैले नै हामीले ठुलो गृहकार्यबाट वाम एकताको बहस गरेका हौँ।’

वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै मन्त्री शाहीले भने,‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुतेपनि नसुतेपनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो,कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होईन।’  

प्रधानमन्त्री देउवाले त तोकिएकै समयमा निर्वाचन हुन्छ भन्दा तपाईहरुले विश्वास नगर्नुको कारण के हो नि ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री शाहीले भने,‘हामीलाई शंका छ, तोकिएको समयमा चुनाव नगर्ने रणनीति बन्दैछ भन्ने हामीले सुन्यांै त्यसैले हामी सरकारमा बसिरहने निर्णय गयौँ, यदि प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नुभयो भने उहाँ सफल नेता हुनुहुनेछ, ईतिहासले उहाँलाई सम्मान गर्नेछ, उहाँले समयमै निर्वाचन गर्न सक्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC