site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिनाविभागीय मन्त्रीहरूलाई प्रधानमन्त्रीको कार्यालयको बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्रीमण्डलमा सामेल मन्त्रीलाई जिम्मेवारी बिहीन बनाएपछि ती मन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सह सचिव तथा प्रबक्ता हरिप्रसाद पन्थीले दश जना मन्त्रीहरूको लागि प्रधानमन्त्री कार्यालयको २ सय १८ नम्बरको बैठक कक्षमा व्यवस्था मिलाइएको जानकारी दिए ।

सरकारमा रहेका माओवादीतर्फका मन्त्रीहरूले उपप्रधानसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए । प्रधानमन्त्री कार्यालयले राज्यमन्त्रीका लागि भने बस्ने व्यवस्था मिलाएको छैन । बिनाविभागीय मन्त्रिहरूले प्रधानमन्त्रीको निर्देशनमा काम गर्नुपर्ने प्रावधान छ । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने हकमा प्रधानमन्त्रिको इच्छाशक्तिमा भर पर्ने गरेको भएपनि विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदको बैठकमा छलफल हुने विषयबारे जानकारी भने दिइन्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC