site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक फरक फरक मतपत्र बनाउनुपर्ने मागसहित दायर भएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले आज सुनाउने भएको छ । उक्त निवेदनमाथि असोज २४ गते नै सुनुवाइ भएर सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै असोज ३१ गते छलफलमा बोलाएको थियो । 

न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २ बजेपछि निर्णय सुनाउने सर्वोच्चले जनाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का उपाध्यक्ष एवम् संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले गत असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र अलग अलग बनाउनुपर्ने मागसहित रिट हालेका थिए ।

नेता शुक्लाले अलग अलग सरकार बनाउने सभाहरुको मतपत्र एउटै हुनु लोकतान्त्रिक अभ्यास विपरित रहेको उल्लेख गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC