site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले बलियो भएको भोजपुर माओवादीले लिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले बाम तालमेलको घोषणा गरेर टिकट बाडफाँटको प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । अधिकांश स्थानमा कुरा मिलेको बताइए पनि केही स्थानमा कुरा मिल्न सकेको छैन ।  

भोजपुर एमालेको पकड क्षेत्र भए पनि माओवादीलाई दिन लागिएको भन्दै एमाले नेता कार्यकर्ताले गुनासो गरेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा त्यहाँका दुवै सिट एमालेले भारी मत अन्तरले जितेको थियो । स्थानीय तहको निर्वाचनमा पनि भोजपुरमा एमालेले आफ्नो वर्चश्व कायमै राख्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

सिट बाडफाँट कार्यदलमा रहेका एमाले महासचिव ईश्वर पोखरेलकै अगुवाइमा एमालेले भोजपुर माओवादीलाई दिन लागेको बताइन्छ । एमालेले भोजपुर माओवादीलाई दिएर संखुवासभा मागेको छ । संखुवासभामा जनमतका हिसाबले कांग्रेस पहिलो र एमाले दोश्रो स्थानमा छन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा पनि संखुवासभाका दुवै सिटमा एमाले पराजित भएको थियो । प्रतिनिधि सभाका लागि भोजपुरबाट एमाले केन्द्रिय सदस्य राजेन्द्र राई र सांसद कृपाशुर शेर्पालगायत नेताहरु सिफारिसमा परेका छन् । पूर्वमन्त्री समेत रहेका एक नम्बर प्रदेशका सहइञ्चार्ज शेरधन राईले मुख्य मन्त्री बन्ने आसमा प्रदेश सभा रोजिसकेका छन् ।

Global Ime bank

कृपाशुर  पछिल्लो पटक बिभिन्न विवादमा परेका थिए । त्यसैले भोजपुरमा राजेन्द्र राईले टिकट पाउने निश्चित जस्तै भएको थियो । राईले पछिल्ला वर्षहरुमा आफ्नो अधिकांश समय भोजपुरमै बिताइरहेका छन् । भोजपुरमा ओली समूहकै कार्यकर्ता पनि माधव नेपाल समूहका राजेन्द्र राईलाई टिकट दिनुपर्ने पक्षमा लागेको बताइएको छ । 

२०७० सालको संबिधान सभा र २०७४ सालको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सिट बाडफाँट गर्ने सहमति एमाले र माओवादीबीच भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC