site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पुर्याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् । 

चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् । 
उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन् । नयाँ शक्ति नेपाल भने उक्त सहमतिमा आएपछि हाल बाम गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । 

एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको सो पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताए । 
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएका र निर्वाचनको प्रचार र आन्तरिक संगठनात्मक संयुक्त भेला क्रकिमरुपमा हुने बताए । 
यसैबीच एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच नेपाली कांग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए । 
कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनु नहुने उनले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC