site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रियल लाइफ’की रेखा थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सिनेमाको सेतो पर्दामा बोल्ड देखिने रेखा थापा रियल लाइफमा भने निकै फरक देखिन्छन् । रिल लाइफमा निकै जुझारु र कठोर देखिने रेखा रियल लाइफमा निकै नम्र र शान्त छिन् । सिनेमाको रंगीन पर्दामा तडकभडक जीवन जिउने उनी रियल लाइमा भने सामान्य जीवन विताउँछिन् । 
तर, सिनेमा र वास्तविक जीवनमा भने उनमा एउटा कुरामा मेल खान्छ ।  त्यो हो,–उनी जसरी चलचित्रमा महिला अधिकार र शोषित पीडितको उदार गर्छिन् त्यसैगरि दैनिक जनजीवनमा पनि त्यस्तै सहयोग गर्छिन् ।
स्टारडम रेखा थापा । जसको नाम मात्रैले पनि नेपाली सिनेमा घरका हलहरु भरिन्छन् । जो सँग नाम छ, दाम छ । समाजमा इज्जत छ र प्रतिष्ठा छ । लाखौं फ्यान फलोअर्स छन् । उनै रेखा थापाले सोमबार मात्रै आफ्नो जन्मदिन मनाइन् । 
तपाईंलाई लाग्ला उनले नेपाली रजतपटका स्टारडम, साथीसंगी र पत्रकारहरुलाई बालाएर कुनै भब्य तारे होटलमा सानदार दारु पार्टी दिइन् । तर, होइन । जन्मदिन मनाउने उनको आफ्नै काइदा छ । न रेखाले कुनै भव्य पार्टी दिइन् न आफ्नो क्लोज क्पाम्पका साथीहरुसँग बसेरै रमाइलो गरिन् । 
उनी बिहानै उठिन्,  साली नदि गाइन् र उतै मनाइन आफ्नो बर्थ डे । उनले साली नदी मन्दिर पुगेर जन्म दिन मनाउन थालेको ८ वर्ष भइसकेछ । समाज सेवा र धर्मसँग जोडेर आफ्नो जन्म दिन मनाउँदा उनलाई खुसी लाग्छ रे । 
रेखालाई हामीले सोध्यौं,तपाईंलाई रंगीन तरिकाले जन्मदिन मनाउने नयाँ परम्परा छोडेर यसरी फरक तरिकाले जन्मदिन मनाउन कसले उत्प्रेरित गर्यो ? 
मैलै जहिले देखि जन्मदिन मनाउन थालेँ । संधै यसरी नै मनाउँदै आएको छु । कसले इन्सपायर गर्यो भन्दा पनि मैले आफै यसो गर्न थालकी हुँ । कहिले अनाथ बच्चाहरुसँग मनाएकी छु, कहिले बृद्ध बृद्धाहरुसँग बसेर जन्मदिन मनाएकी छु । मेरो भावना नै यस्तै छ । 
प्रकृति कै कारण आजसम्म बाच्न र संसार देख्न पाएकोप्रति प्रकृतिलाई नै धन्यवाद दिदै उनी अलि गम्भीर भइन् र भनिन्,“जम्मदिन मनाउने भनेको प्रकृतिलाई सम्मान गर्नु हो । दुःख सुख जसरी आजसम्म बाँचिएको छ । त्यो प्रकृतिकै कारण हो । हामी पछिल्लो समय जन्मदिन मनाउन प्रतिस्पर्धा गरिरहेका छौं । उसले कुन रेष्टुराँमा मनायो म यसमा मनाउँछु भन्ने इच्छा हुन्छ मान्छेमा । यसलाई अलिकति न्यूनिकरण गरेर गरिब, दुखीलाई सहयोग गरेर जन्मोत्सव मनाउँदा सक्ने मान्छेहरुले अझै बढी राम्रो हुने थियो ।”
कलाकार समाजका आदर्श हुन् । उनीहरुलाई आदर्श मानेर कलाकारको लवाई खुवाई नक्कल गर्ने धेरै छन् । त्यसैले पनि होला साधारणतः कलाकारले आलोचनामुक्त काम गर्नु पर्छ भन्ने मान्यता राखिन्छ । तर, यहाँ त्यो संस्कार बसिसकेको छैन । भड्किलो जीवन शैली विकास हुँदैछ । समाजले पनि त्यही नन्क्कल गर्दैछ । यो यथार्थबाट भने रेखा अलग छिन् । आफूलाई आदर्श बनाउन सफल भएकी छन् । 
उनले यो वर्ष साली नदीको चिसो पानीमा डुबुल्की मारेर आफू मात्रै रमिनन् । साली नदी मन्दिरको रंगरोगनका लागि सहयोग पनि गरिन् । वर्षौं  देखि संरक्षणको अभावमा रहेको मन्दिरको रंगरोगनका लागि चार लाख रुपैयाँ दिइन् । अहिले मन्दिर नयाँ जस्तै देखिएको छ ।
उनको यो वर्षको जन्मदिनमा सहयोग गर्ने कार्यक्रम त्यती मै सकिएन । उनी भक्तपुरको ठिमीमा आइन् र दृष्टिविहिनहरुलाई २५ हजार नगद सहयोग गरिन् । 
हामीले रेखासँग अर्को जिज्ञासा राख्यौं, तपाई आफ्नो जन्मदिनका लागि कति बजेट छुट्याउनु हुन्छ ?
उनले भनिन्,–यो वर्षको वर्थ डेमा यति नै खर्च गर्छु भन्ने योजना गरेको हुँदैन । काम गर्दै जाँदा जति खर्च हुन्छ । राम्रो कामका लागि काम गर्दैछु भने यति भन्दा धेरै गर्दिन भनेर विचमै रोक्ने कुरा हुँदैन त्यो आफै निर्धारण हुन्छ । 
आफ्ना चलचित्रमा कहीँ न कहींँ महिला अधिकारको आवाज मुखरित गर्ने र समाजसेवालाई प्रत्यक्ष परोक्ष रुपमा देखाउने रेखा आफ्ना हरेक सामाजिक क्रियाकलापमा पनि यस्तै कुरा झल्काउने प्रयासमा हुन्छिन् । “म हिरोनी त पर्दामा मात्रै हो । बाँकी जीवन त सामान्य युवती सरह नै हो । मेरो समाजप्रति पनि उत्तरदायित्व छ । जिम्मेवारी छ । समाज सुधार र परिवर्तनका लागि आफ्नो समय र विचार खर्चिरहेको हुन्छु । यसलाई कसैले हेरिरहेको हुन्छ कसैले नजरअन्दाज गरिरहेको हुन्छ । फरक यति मात्रै हो ।”
चलचित्र उनका लागि थोरै समाज सेवा हो भने धेरै व्यवसाय नै हो । उनी आफै पनि यसलाई स्वीर्काछिन् । तपाई आफै पनि चलचित्र निर्मात्री आफ्नो समाज सेवालाई चलचित्रमा किन नदेखाउनु भएको भन्ने प्रश्नमा उनी भन्छिन्, “एउटा चलचित्र बनाउन एक वर्ष लाग्न सक्छ । हामी दिनहुँ जसो समाजिक क्रियाकलाप गरिरहेका हुन्छौं । यी कुराहरु सबै चलचित्रमा समावेश गर्न पनि सकिदैन । सामाजिक सञ्जालमार्फत लाखौंमा एकै पटक पुग्न सकिन्छ । छिटो भन्दा छिटो पनि हुन्छ, यो प्रभावकारी पनि हुन्छ । चलचित्र त व्यवसाय हो । म सामाजिक सेवा गरिरहेको छु, व्यवसाय होइन ।”
     
 
 
  
 
 
     
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC