site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी मन्त्रीको जिम्मेवारी खोसियो, गृह प्रधानमन्त्रीले सम्हाल्ने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण मन्त्रालय आफैसँग राखेका छन् । 

त्यस्तै माओवादीकै भागमा रहेको उर्जा मन्त्रालय यसअघि उपप्रधानमन्त्री नियुक्ति गरिएका राप्रपा अध्यक्ष कमल थापालाई दिएका छन् । 

देउवाको सचिवालय स्रोतकाअनुसार राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई स्वास्थ्य, जयन्त चन्दलाई आपूर्ती, दिलनाथ गिरी सहरी विकास, विक्रमबहादुर थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा लगाएका हुन् । त्यस्तै कुन्तीकुमारी शाहीलाई शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
माओवादी नेताहरुले परराष्ट्र, गृह, स्वास्थ्य, उर्जा लगायतका मन्त्रालय सम्हालेका थिए ।त्यसैगरी भास्कर भद्रालाई ऊर्जा राज्यमन्त्री, कान्ता भट्टराई महिला, वालवालिका तथा समाज कल्याण राज्यमन्त्री र सुशील श्रेष्ठ आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC