site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन सार्ने तयारी हुँदैछ, सरकारबाट बाहिरिन्नौं : माओवादी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले चुनाव सार्ने तयारी गरेको भन्दै सरकारबाट पछि हट्ने निर्णय अहिलेलाई स्थगित भएको बताएको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मंगलबार यस्तो जानकारी गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारबाट हट्ने निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार निर्वाचन सार्ने तयारी भएकाले अहिले सरकारबाट हट्ने निर्णय पनि स्थगित गरिएको बताए ।

“मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट लेखिएको पत्रको ड्राफ्ट तयार हुँदै गर्दा निर्वाचन सार्ने तयारी हुँदैछ भन्ने निर्वाचन आयोगबाट हामीले जानकारी पायौं,” उनले भने, “अहिले हामी निर्वाचन गराउनका लागि सरकारमा सहभागी भएका हौं । त्यसपछि हामी हाम्रो निर्णयमा केही परिवर्तन गरेका छौं । यस्तो सूचना पाएपछि हामीले अहिले निर्णय स्थगित गरेका छौं ।” माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको पनि दाबी गरेको छ ।
“निर्वाचन सार्ने प्रपण्च भएकाले सरकारबाट बाहिरिने निर्णयबाट पछि हटियो,” शर्माले भने, “निर्वाचन आयोगमार्फत आएको सूचना हो । सरकारबाट हट्ने निर्णयमा हस्ताक्षर हुने तयारी हुँदै गर्दा निर्वाचन सार्ने सूचना प्राप्त भएपछि निर्वाचन गर्ने सर्तमा हामीलाई विना विभागीय बनाउँछौं भनिएको थियो । तर हामी सरकारमा रहेर निर्वाचन सम्पन्न गराउन चाहन्छौं ।”
पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्री शर्माले भने– “हामी सरकारबाट बाहिरिन तयार छौं । निर्णयमा  पनि पुगेर अन्तिम पत्र तयार हुँदै गर्दा निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भएकाले राजनीतिक मान्यताका आधारमा हामी सरकारबाट बाहिरिन तयार भएनौं ।”
उनले मन्त्रीको लोभले आफूहरु सरकारमा रहिरहन नखोजेको पनि बताए । 
“सरकारमा बस्ने लोभ हामीमा छैन,” उनले भने, “सरकार र मन्त्रीको लोभले बस्न लागेका होइनौं । हामी निर्वाचनको चिन्ताले बस्न लागेका हौं ।”
 

फाइल तस्बिर 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC