site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्टहरु जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन् : देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताए । “लोकतन्त्र सिध्याउनु भनेको कांग्रेसलाई सिध्याउनु हो,” उनले भने । 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले कांग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए । 

Global Ime bank

देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई कांग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेवि संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC