site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, एनआरएनएलाई सबैको बनाउने प्रतिवद्धता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा भएको आठौं महाधिवेशनले भट्टलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले प्रतिष्पर्धी जमुना घले गुरुङलाई भारी मतले पराजित गरेका हुन् । भट्टले ११९७ मत प्राप्त गर्दा गुरुङले ५८४ मत प्राप्त गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुल १८५४ मतदातामध्ये १७८८ मत खसेको थियो ।

त्यसैगरी उपाध्यक्षमा कुमार प्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महासचिवमा डा. बद्री केसी, सचिवमा डम्बरबहादुर क्षत्री र जानकी गुरुङ, कोषाध्इक्षमा हिक्मतबहादुर थापा विजयी भएका छन् ।

Global Ime bank

महिला उपाध्यक्षमा सकिला राजभण्डारी विजयी भएकी छन् ।  भट्टले एनआरएनएलाई सबैको बनाउने प्रतिवद्धता पनि जनाए । निर्वाचित भएपछि उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

“यसलाई मैले अध्याय २ भनेको छु,” भट्टले भने, “अबको अध्याय भनेको सबै एनआरएनएलाई एक बनाउने हो । म त्यसमै लाग्छु । यो अभियानमा सबैलाई एक बनाउँछु ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC