site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
४९ दलले बुझाए समानुपातिक सूची, कुन प्रदेशमा कति दल ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

७ ओटा प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको नामावली प्रदेशअनुसार बेग्ला बेग्लै पनि आइतबार र्न बुझाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगकाअनुसार प्रदेश नं एकमा २७, प्रदेश न २ मा २९, प्रदेश नंंं ३ मा ३१, प्रदेश नं ४ मा २०, प्रदेश न ५  २७, प्रदेश नं ६ मा १८ र प्रदेश नं ७ मा २० राजनीतिक दलले उमेदवारहरुको बन्दसूची पेश गरेका छन् । 

बन्दसूची पेश गर्न सुरुमा ५५ वटा राजनीतिक दलले आयोगमा आई प्रक्रिया सुरु गरे पनि केही राजनीतिक दलले प्रतिनिधिसभाको लागि नभई प्रदेशसभामा मात्रै बन्दसूची पेश गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

Global Ime bank

दलहरुले आयोगमा पेश गरेका उमेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यक्रम रहेको छ ।

कानुनी व्यवस्थाअनुसार उमेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी त्यस्तो रीत पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ । 

निर्वाचन कार्यक्रम अनुसार, समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC