site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गच्छदारलाई भित्र्याउँदै कांग्रेस नेताले भने–अब पहिलो पार्टी बन्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न निर्वाचनपछि कांग्रेस फेरी पहिलो पार्टी बन्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित ‘नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा सभा’लाई सम्बोधन गर्दैै कांग्रेस फेरी पनि पहिलो पार्टी बन्ने बताएका हुन् । 

‘‘कांग्रेसले विजयकुमार गच्छदारजीलाई आफ्नै नेता मान्दै आएको छ । पार्टी एकताबाट उहाँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ’’ प्रधानमन्त्री देउवाले भने, ‘‘गच्छदारजी मेहनती नेता हो, मेहनत गरेर पार्टीलाई नम्बर वान पार्टी बनाउनमा सफल हुनेमा म विश्वस्त छु ।’’   

उहाँले कांग्रेसलाई कमजोर बनाउने प्रयास जति गरे पनि कांग्रेस असफल नहुने दावी गरे । लोकतान्त्रिक फोरमका समाहित भएपछि कांग्रेस अझै बलियो बनेको प्रधानमन्त्री देउवाले भने, ‘‘हामीले गच्छदारजीलाई पहिले पनि कांग्रेसकै नेता मानेका थियौं, अहिले पनि मान्छौं र भोलि पनि मान्छौं ।’’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा गच्छदार पूरै पार्टीका नेतासहित कांग्रेसमा प्रवेश गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एकता घोषणा सभामा गच्छदार सुरुमै भक्कानिएका थिए । उनी पार्टी छाडेर गएको क्षण सम्झिँदै भावुक बनेका थिए ।  ‘‘२०६४ माघ १८ गते पार्टी छाड्ने बेला म बालुवाटारमा नै थिएँ’’ गच्छदारले भने, ‘‘मैले पार्टी छाड्न लागेको कुरा गिरिजाप्रसाद कोइराला र नोना भाउजुलाई भनेँ । उहाँहरुले नछाड्न भन्नुभएको थियो । म मधेस आन्दोलनमा होमिन्छु । त्यहाँ गएर दुई ठाउँबाट चुनाव जितेर आउँछु भनेर भनेँ । पिता समानको नेता गिरिजा प्रसाद कोइरालालाई छाडेर गएको थिएँ ।’’ 

यति भनेपछि गच्छदार भावुक बनेका थिए । गच्छदार भावुक भएर बोल्दै गर्दा कार्यक्रम स्थलमा कांग्रेसका नेता–कार्यकर्ताहरु हो–हल्ला र ताली बजाएर हर्ष मनाइरहेका थिए ।  

Global Ime bank

‘‘संविधान लेख्दै गर्दा मलाई मधेस विरोधी भने, गद्दार र कांग्रेसको पुच्छर भनेर आरोप लगाइए पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको छ’’ उनले भने, ‘‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’’

‘‘संविधान लागु हुँदैन, कार्यान्वयन हुँदैन भन्ने संविधान विरोधीहरु स्थानीय तहको निर्वाचनमा सहभागि भएका छन्’’ मधेशवादी दलहरु तर्फ ईंगित गर्दै गच्छदारले भने, ‘‘५–६ सीट जित्दैमा ती दलहरुको जीत होइन् । जनताको जीत हो, जनतासँगै मेरोपनि जीत हो ।’’ 

गच्छदारले असोज १७ मा नेपालमा कम्युनिष्ट गठबन्धन बनेपछि राजनीतिक ध्रुवीकरण बढेको भन्दै जनवादी संविधान ल्याउने योजना असफल बनाउन कांग्रेसमा आएको बताए ।

‘‘कम्युनिष्टहरुले चुनावमा दुई तिहाई ल्याएर कार्यकारी राष्ट्रपति बनाउने र जनवादी संविधान ल्याउने प्रयास गरेकाले चुनाव अगावै कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकीकरण भएको हो’’ गच्छदारले भने, ‘‘राष्ट्र ध्रुवीकृत भएका बेला लोकतन्त्रकका लागि सघर्ष गरेको नाताले पार्टी एकीकरण गर्न बाध्ये बनायो ।’’ प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि चुनाव तालमेल गरेर नभै पार्टी एक गरेर अघि बढ्ने निर्णय गरिएको उनको भनाई थियो ।   

कम्युनिष्ट गठबन्धनले घोषणा गरे जसरी कसैको पनि दुई तिहाई मत नआउने जिकिर गर्दै गच्छदारले फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।  ‘‘फेरि पनि यही गठबन्धनको सरकार बन्छ,’’ उनले भने ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गच्छदारको पूनरागमनले कांग्रेसमा हर्ष छाएको बताए । ‘‘जसरी परदेश गएको छोरा घर फर्केर आउँदा परिवारमा जुन खुशीयाली हुन्छ, आज त्यही अनुभूति भएको छ,’’ उनले भने । 

वामपन्थीहरुले मुलुकमा ल्याउन खोजेको अस्थिरता र बिचलनलाई रोक्न लोकतन्त्रवादी शक्तिहरुबीच एकीकरण भइरहेको नेता पौडेलले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालमा खलबलिन नदिने कांग्रेसको अडानसँगै एकपछि अर्को गरी लोकतन्त्रवादीहरु कांग्रेसमा समाहित हुने र गठबन्धनमा आउने क्रम सुरु भएको उनको भनाई थियो । 

नेता पौडेलले संविधान विरोधीलाई बेवास्ता गर्दै गच्छदारले संविधान जारी गर्न खेलेको भूमिकाको प्रसंशा गरेका थिए । ‘‘संविधान लेख्दै गर्दा मधेशी र पहाडी समुदायबीच खाडल बनाउन खोज्ने विरुद्ध गच्छदारजीले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ’’ उनले भने, ‘‘उहाँको पूनरागमनले नेपालको विकास मात्रै नभए लोकतान्त्रिक नेपालका लागि कोशेढुंगा सावित हुनेछ ।’’ नेता पौडेलले कांग्रेसले कांग्रेसलाई गर्ने व्यवहार फोरमबाट आएका सबै नेतालाई गरिने धारणा राखे ।

बालुवाटारमा आयोजित ‘नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी ‘एकता घोषणा सभा’ मा कांग्रेस र फोरमबीच भएको सहमति पत्रलाई नेता जीतेन्द्र देवले वाचन गरेर सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल समता पार्टी पनि कांग्रेसमा समाहित भएको छ । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री दिलिप धारीवाललेपनि कांग्रेस प्रवेश गरेका छन् । 

एकता कार्यक्रममा ‘गुण्डा नाइके’ पनि 
 

पार्टी एकता कार्यक्रममा गच्छदारसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि उपस्थित थिए । एकता सभामा उनी आएका प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बसेको आसनभन्दा ठिक पछाडि बसेका थिए । त्यस अघि उनले कांग्रेस र फोरमका नेता कार्यकताहरुसँग फोटो सेशन गरेका थिए ।  

फोरमका केन्द्रीय सदस्यसमेत रहेका ‘गुण्डा नाइके’ लामाले दोस्रो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए । उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अपराधिक गतिविधिबाट पैसा कमाएको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ ।

केही साताअघि नेकपा एमालेमा प्रवेश गरेका ‘गुण्डा नाइके’ दीपक मनाङेसँगै ‘गुण्डागर्दी’ सुरू गरेका लामा पाँच वर्ष अघि फोरममा गएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC