site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं , रासस । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन् । 
शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ । 

एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराइन् । 
वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छून् । अध्यक्षका दाबेदार रहनुभएका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराएनन् । 
उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त, रविना थापाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, यमकुमार गुरुङ त्रिलोक, सचिवमा डिबी क्षेत्री, देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् । 
दिउँसो ४ बजेपछि मतदान शुरु हुने र मतगणना सम्पन्न भएको एक घण्टापछि मदतान शुरु हुने कार्यतालिका रहेको छ । विद्युतीय मतदान गरिने भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । 

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार अबेर रातिसम्म मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC