site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताएका छन् । 
उनले भने,  “नेपाली कांग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन गराउने विषयमा सहमति भएको हो । सो सहमति कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौँ । त्यसबाट दायाँ बायाँ हुन दिँदैनौँ ।” 

पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको उल्लेख गरे । 
नेकपा एमालेसँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरु गरेपछि नेपाली कांग्रेसका केही नेताले माओवादी सरकारबाट हटिदियोस् भनेर प्रचार गराएको भन्दै अध्यक्ष दाहालले भने, “निर्वाचनको सुनिश्चितताका लागि मात्रै हामी सरकारमा छौँ । सरकारमा रहिरहनुपर्छ भन्ने छैन । तर निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ । त्यसमा तलमाथि गर्न पाइँदैन ।” 

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पदाधिकारी बैठकले विभिन्न राजनीतिक तथा शैक्षिक मुद्दाका विषयमा निर्णय गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC