site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झापादेखि कञ्चनपुरसम्म ६० प्रतिशत सिट दिए कांग्रेससँग तालमेल हुन्छ : कर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् । 

सोमबार रिपोर्टर्स क्लबमा उनले भने, “राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच गठबन्धन बनेको छ । त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढी नै सिट मागेका छौं ।” उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने जिकिर गरेका हुन् । उनले यदि आफूहरुले मागेजतिको प्रतिशतमा सहमति नभए कांग्रेससँग स्वस्थ चुनावी प्रतिष्पर्धा हुने विश्वास दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । उनले भने, “चुनाव हुन्छ, यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नुहुँदैन ।”

त्यस्तै उनले आफ्ना पार्टीका शीर्ष नेताहरुले पनि चुनाव लड्ने जानकारी दिए । नेता कर्णले वामपन्थी गठबन्धन बन्नु कुनै नौलो कुरा नभएको बताए । उनले थपे, “थ्रेस होल्डले गर्दा पार्टीहरु मिल्न बाध्य भएका छन्, विचार मिल्नेहरुवीच साझेदारी हुनु खुशीको कुरा हो ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC