site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले धोका दिनुभयो : रायमाझी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु विना विभागीय भएपनि सरकार नछोड्ने र निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने, “हामी र कांग्रेसवीच भएको प्रतिबद्धता अनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ, अब जहाँसम्म प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो, त्यो चाहिँ बुझिएन । उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यही अनुसार निर्णय लिन्छौं, अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेता रायमाझीले आफ्ना पार्टीका मन्त्रीहरुले विना विभागीयकै रुपमा भएपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म साथ दिने विश्वास दिलाए । उनले थपे, “हामी त सहमतिबाट एक इन्च पनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो । उहाँले गलत गर्नुभयो ।”

उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । उनले भने, “वामपन्थी विचार धारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन, न त जनताले नै धान्न सक्छन् ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC