site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन : प्रमुख आयुक्त यादव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धुलिखेल, रासस । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन् । 
काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताएका हुन् । 
उनले यसअघि पनि निर्वाचनको बेलामा सरकारको परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्री समेत परिवर्तन भएको उल्लेख गर्दै त्यस्तो बेलामा समेत निर्वाचन सम्पन्न गरेको बताए । 
“हामीले आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई अर्जुन दृष्टिले हेर्दै सम्पन्न गर्न गइरहेका छौं,” यादवले भने, “सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नुहुँदैन” मूल अभियान जसरी भए पनि निर्वाचन सफल गर्ने हो, त्यसैले सरकारलाई हामी आग्रह गर्दछौं, “आचारसंहिता विपरित कुनै काम नहोस् र आगामी दिनमा पनि नहोस् ।” 

निर्वाचन आयोग यस विषयमा निष्पक्ष र यसको सञ्चालनमा कुनै कसर नपरोस् भनेर आग्रह गरिरहेको प्रमुख निर्वाचन आयुक्त यावदले बताए । 
हिजो समानुपातिक तर्फको बन्द सूची सफल भएको र अरु कार्यक्रम पनि अगाडि बढिरहेको अवस्थामा सबै सरोकारवाला निकायले अन्यथा लिएर अतिरञ्जीत नगर्न समेत उनले आग्रह गरे । अहिलेसम्मको प्रजातान्त्रिक संस्कारको रुपमा हेर्दा २०६४ मा पनि २०७० र स्थानीय तहको निर्वाचनमा पनि सरकार परिवर्तन भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC