site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दशकपछि मूल घर फर्कंदै गच्छदार, यसरी मिल्यो कुरा
Ghorahi CementGhorahi Cement

काठमाडौं । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विधिवत रूपमा कांग्रेसमा विलय हुन लागेको छ । एक सातादेखि पार्टी एकीकरणको हल्ला चले पनि गच्छदार सोमबार दशकपछि कांग्रेस प्रवेश गर्न लागेका हुन् । 

संघ र प्रदेशमा सिटको भागवन्डा र आधारभूत कुरामा दुवै पार्टीको समझदारी जुटेपछि पार्टी एकता हुन लागेको पार्टीका उपाध्यक्ष हरि न्यौपानेले जानकारी दिए ।

‘वाम एकताबाट झस्कियौं’
 

Agni Group

उनले कांग्रेससँग एकता गर्न हतारिनुपर्ने बेला नभए पनि वाम एकताबाट आफूहरू झस्किन पुगेको बताए । “लोकतन्त्र, विधिको शासन खतरामा पर्ने ठान्यौँ ।

कम्युनिस्टहरूको हातमा शासन पुगेको देश अधिनायकवादतर्फ उन्मुख भएका प्रशस्त उदाहरण छन्,” उनले बताए ।

Global Ime bank

त्यस्तै नेपाल लोकतान्त्रिक फोरम प्रजातन्त्रमाथि विश्वास गर्ने शक्ति भएकाले प्रजातन्त्रवादी शक्तिहरूलाई ध्रुवीकृत गर्र्दै लोकतन्त्रलाई सुदृढ तुल्याउन पार्टी एकीकरण गर्नुपरेको आवश्यकता औँल्याए ।

उनले वामपन्थी गठबन्धनले एकीकरणको बाटो खोल्दिएको स्वीकारे पनि ।

प्रत्यक्षको टुंगो लाग्न बाँकी, समानुपातिकको एउटै सूची

सोमबारबाट लोकतान्त्रिक फोरम– कांग्रेस विधिवत रूपमा एउटै पार्टी हुने भए पनि दुई पार्टीबीच प्रत्यक्षतर्फ उमेदवारको टुंगो लाग्न बाँकी छ । सुरूमा १०–१२ सिटमा ‘बार्गेनिङ’ भए पनि ग्राउन्ड रियालिटीको अध्ययन गरेर निष्कर्षमा पुग्ने समझदारी भएको न्यौपानेको दाबी छ । उनले ७–८ सिटमा कुरा मिल्ने संकेत पनि गरे ।

त्यस्तै पार्टी एकीकरणको हल्ला चले पनि तत्काल कुरा मिलेन । अनेक वाधा अड्चन आएकाले लोकतान्त्रिक फोरमले पनि प्रदेशसभाको लागि २२० र प्रतिनिधिसभाको लागि ११० सिटकै समानुपातिक सूची तयार गरेको थियो । र,  निर्वाचन आयोगमासमेत बुझाउने तयारी गरेको थियो । तर, अन्तिम समयमा पार्टी एकीकरण हुने निधो भएपछि लोकतान्त्रिक फोरमले सूची पेश गरेको छैन । उनका अनुसार कांग्रेसले बुझाएकै सूचीमा लोकतान्त्रिक फोरमका पनि उमेदवार रहनेछन् ।

विजय गच्छदारलाई उपसभापति दिने मोटामोटी सहमति
 

नेपाल लोकतान्त्रिक फोरम पनि ११ वटा साना पार्टी मिलेर बनेको हो । त्यसैले पार्टीभित्र थुप्रै आकाांक्षी छन् । तथापि अहिले पदाधिकारीमा गच्छदारमात्रै समायोजन हुने सहमति भएको छ । सम्भवतः उनी उपसभापति बन्नेछन् ।

“अन्यलाई केन्द्रीय समिति र जिल्ला समितिमा समायोजन गर्ने कुरा भएको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC