site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पञ्चायतकालका चुनावी दाउपेच 
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

१. जिल्ला पञ्चायत सदस्यको चुनाव थियो । प्रत्येक दुई वर्षमा हो क्यारे ३ जना सदस्यको पद रिक्त हुन्थ्यो र चुनाव पनि हुन्थ्यो । तनहुँ जिल्ला पञ्चायतमा २७/२८ सालतिर ३ जना सदस्यको चुनाव हुनेभयो । जिल्ला सभासद्ले मत दिन्थे । उमेदवार धेरै हुन्थे । उमेदवारहरूले पनि ३ मत दिन पाउँथे । दुई जना उमेदवार अलि कमजोर थिए । सबैभन्दा बढी मत ल्याउने तीन जनाले जित्थे । धेरै उमेदवारले के ठानेछन् भने भोट ल्याउनेजस्तालाई दिए त उसले आफैँलाई हराइदिन सक्छ । त्यसैले उमेदवारहरूले एक भोट आपूmलाई र अरू भोट ती दुई जनालाई दिएछन् । मत गन्दा थाहा भयो कमजोर ठानिएका दुवै उमेदवारले चुनाव जितेछन् । भोट हालुन्जेल यिनलाई डमी भनेर जिस्क्याएका थिए । डमीले जितेपछि सबै जिल्ल परे ।

२. जनमत संग्रहपछि राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा हुनेभयो । कांग्रेसले चुनाव बहिष्कार गर्ने भनेपछि प्रशासन सकेसम्म धेरै उमेदवार उठाउने रणनीतिमा लाग्यो । अर्कातिर अलि धेरै भोट ल्याउनेजस्ता उमेदवारले पनि गाउँपिच्छे उमेदवार उठाउने रणनीति अपनाए । तनहुँ जिल्लाबाट राष्ट्रिय पञ्चायतमा दुई जना चुनिन्थे । आफ्नै गाउँबाट उठेको उमेदवारलाई एक भोट जित्लाजस्तो उमेदवारलाई अर्को भोट दिने गाउँलेहरूको सल्लाह हुन्थ्यो । त्यसो गर्दा दुवै सिटमा स्थापित उमेदवार नै जित्थे । प्रतिस्पर्धामा आउने उमेदवारको भोट काटिन्थ्यो । यसैले गाउँपिच्छे आफू जित्न हैन अरूलाई हराउन उठ्ने उमेदवारहरूलाई ‘कैँची’ उमेदवार भन्ने गरिन्थ्यो । यस्ता कैँचीकै कारण राम्रा उमेदवार हारेर नराम्रा जित्ने पनि हुन्थ्यो । अनि मतदाता र कैँचीहरूसमेत पछुताउँथे ।

यसपटकको निर्वाचनमा कैँची उमेदवार देखापर्न थालेका छन् । कैँचीका कारण भोट काटिनेमा को को पर्ने हुन् र कैँचीहरू पछुताउने हुन् हैनन् ? तमासा देखिने नै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC