site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दलले बुझाए समानुपातिक उमेदवारको सूची, कात्तिक १२ गतेसम्म सच्याउन पाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकतर्फका उमेदवारको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

बेलुकासम्म नै उनीहरुले सूची बुझाएका हुन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगमा दर्ता भएका राजनीतिक दलहरुले दुवै तहको निर्वाचनका लागि समानुपातिक उमेदवारको बन्दसूची आयोगमा बुझाउने प्रकृया सुरू गरेको जानकारी दिए । आइतबार बेलुका आयोगमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले केही ढिलाई गरेर भए पनि सबै राजनीतिक दलहरुले उत्साहका साथ धैर्यतापूर्वक समानुपातिक उमेदवारहरुको  बन्दसूची बुझाएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले समानुपातिकतर्फको उमेदवारको सूची बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समयसीमा तोकेको थियो । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले भने केही ढिला गरी समानुपातिकतर्फको उमेदवारको बन्दसूची आयोगमा बुझाएका हुन् । 

Global Ime bank

आगामी मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ८८ वटा दल दर्ता भएका छन ।

दलहरुले समानुपातिकतर्फको सूची बुझाउँदा कम्तिमा ५० प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले अब प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सरकार र राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई पुनः सचेत गराएका थिए ।

प्रदेश सभाका लागि २ सय २० र प्रतिनिधि सभाका लागि १ सय १० जना समानुपातिक तर्फको उमेदवारको नामावली दलहरुले बुझाएका छन् । पेस गरेको सूची सच्याउन परेमा कात्तिक १२ गतेसम्मको समय दिइएको छ ।
तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC