site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । 

पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो । 

पार्टी काँग्रेसमा समाहित भएपछि कुरा गर्दै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए । 

Global Ime bank

अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गरेका थिए । 

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेका छन् । 

पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  ०१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC