साहित्य
काठमाडौं । अभिनेत्री रेखा थापा र आर्यन सिक्देल स्टारर चलचित्र ‘रुद्रप्रिया’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । १६ वर्ष मुनिका बालबालिकाले अभिभावक लिएर गए मात्रै चलचित्र हेर्न पाउने छन् ।
कुनै दृश्य नकाटिए पनि एक्सन दृश्यका कारण पीजी सेन्सरले पीजी सर्टिफिकेट दिएको निर्माण पक्षले जनाएको छ । सुदिप बबी भुषाल सिंहको निर्देशन रहेको चलचित्रमा रेखा र आर्यनसँगै राजन ईशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ ।
चलचित्र कात्तिक २ गते लक्ष्मी पूजाको दिनबाट देशभर प्रदर्शन हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४ १५:२४
प्रतिक्रिया दिनुहोस्