site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साउथ साइडर्स र प्राइम च्याम्पियन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१–७८ ले पराजित ग¥यो । साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ अंक योगदान गरे । गोल्डेनगेटका सिद्धार्थ महर्जनले २४ अंक जोडे ।
पहिलो क्वाटरमा साउथ साइडर्स १४–२१ ले पछि प¥यो । त्यसपछिको खेलमा फर्केको साउथ साइडर्सले बाँकी तीनवटै क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो । साउथ साइडर्सले दोश्रोमा २४–२३, तेश्रोमा २७–१८ र चौथोमा २६–१६ को प्रदर्शन ग¥यो ।
महिलातर्फ फाइनल सरह राउन्ड रोविन लिगकै अन्तिम खेलमा ह्वाइटहाउसलाई ५७–४७ ले हराउदै प्राइम उपाधि जित्न सफल भयो । उक्त खेलअघि दुवै टोली अपराजित थिए । प्राइमको जितमा लुनिभा सिंहले २१ अंक जोडिन् । ह्वाइटहाउसकी अनुषा मल्लले १८ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १०–७ ले अघि बढेको प्राइम दोश्रोमा १७–१९ ले पछि प¥यो । बाँकी दुवै क्वाटरमा पुनः प्राइमले अग्रता लियो । प्राइमले तेश्रोमा १२–६ र चौथोमा १८–१५ अंक बटुल्यो ।
 
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साउथ साइडर्सका विजय तथा महिलामा प्राइमकी लुनिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई एमाले नेता गोकर्ण विष्ट, बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेलगायतले पुरस्कृत गरे ।
 
बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा असार १० गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC