site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जमुना भाउजुले हतार गर्नुभयो, तर पनि उहाँलाई चुनावी मैदानमा स्वागत छः भवन भट्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आठौं विश्व सम्मेलनका अध्यक्षका उमेदवार एवम् बर्तमान उपाध्यक्ष भबन भट्टले अध्यक्षको लागि आजमात्रै उमेदवारी घोषणा गरेकी जमुना गुरुङलाई चुनावी प्रतिष्पर्धामा उत्रिएकोमा स्वागत गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । उनले भने,‘जमुना भाउजुले आज उमेदवारी घोषणा गर्नुभयो, यसलाई मैले स्वभाविक देख्दिन्, तर पनि लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव हो, उहाँ आउनुभयो अब चुनावी मैदानमा उहाँलाई स्वागत छ ।’ यद्यपी उनले सम्पूर्ण गैरआवासीय नेपालीहरुको समस्या, पीर, मर्काहरु बुझेको र अन्र्तराष्ट्रिय कोर्डिनेशन कमिटीमा बसेर काम गरेको मान्छे नेतृत्वको लागि उपर्युक्त हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

भट्टले अध्यक्षका अर्का प्रत्यासी गुरुङ मुलुकले नै गर्व गर्न लायक व्यक्तित्व भएको भन्दै अहिले नै संस्थाको अध्यक्षमा आउन खोज्नु हतार भएको गुनासो पोखे । यद्यपी गुरुङ्ले आफूमा कन्फिडेन्स देखेर नै चुनावी मैदानमा आएकोले आफूले त्यसलाई सहर्ष स्विकार गर्ने उनको भनाई थियो ।  

भट्टले आफ्नो जीतको पहिलो आधार नै सम्पूर्ण एनआरएनए साथीहरु भएको विश्वास दिलाए । 

Global Ime bank

उनले भने,‘म त लगभग साझा उमेदवारको रुपमा उभिएको छु, हुन त यो बीचमा सर्वसम्मतीले नेतृत्व चयन हुने भयो भनेर साथीहरु खुशी हुनुभएको थियो, तर जमुना भाउजुले अन्तिम समयमा आएर उमेदवारी दिनुभयो, यो म स्वभाविक देख्दिन् ।’ 

उनले आफूलाई संस्थाका संस्थपक अध्यक्षद्धय डा। उपेन्द्र महतो, जीवा लाछिाने र हालका अध्यक्ष डा। शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको विश्वास दिलाए । 

उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा बसी कार्यसम्पादन गरिसकेका कारण अध्यक्षमा पनि आफु सफल हुने विश्वास दिलाए । 

भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाए । भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC