site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गुडबाई काठमाडौं’ ‘बुसान फिल्म फेस्टिभल’ का लागि छनोट 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘गुडबाई काठमाडौं’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण सुरु भएको ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको चलचित्र प्रदर्शन कोरियाबाट हुनेछ । 

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको चलचित्र फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित छ । राजनीति द्वन्द्वका कारण युवाहरू कसरी  आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ ।

Agni Group

‘गुडबाई काठमाडौं’ दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ । बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा छ । उक्त अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा छन् । 
‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत प्रतिस्पर्धामा भारत, चीन, जापान, थाइल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्म सहभागी छन् । प्रतिस्पर्धामा विजेतो फिल्मले १० हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ ।

बुसानमा आउँदो शुक्रबार फिल्मको वल्र्ड प्रिमियर हुँदैछ । निर्देशक नवीन सुब्बाले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।

Global Ime bank

बुसान बाहेक अन्य थुप्रै फेस्टिभलमा फिल्म पठाएको र थुप्रै राम्रा फेस्टिभलले चासो देखाइरहेको पनि उनले बताए । चलचित्रमा कर्मा शाक्य, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू लगायतले अभिनय गरेका छन् । 

राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको चलचित्रलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । चलचित्रमा सोहम ढकाल र पदम सुब्बाको लगानी छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC