site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

लोकतान्त्रिक संस्कारमात्र हैन संस्था पनि कमजोर भएकाले नेपाली समाजमा उत्तेजना सजिलै फैलन्छ । त्यसमाथि हल्लाको खेती गर्नेहरूको बिगबिगी त झन् पुरानै रोग हो । सूचना प्रविधिको विकास नहुँदा हल्ला पैmलनैका लागि पनि समय लाग्थ्यो । तर, अहिले प्रविधिको विकासका कारण सही वा गलत जस्तोसुकै भए पनि सूचना चाँडै फैलन्छ । यसैले पहिलेभन्दा बढी संवेदनशीलता आवश्यक हुन्छ । शान्ति व्यवस्था कायम राख्नका लागि संवेदनशील घटनाप्रति सरकार, समाज र सञ्चार माध्यम सबैले गम्भीर हुनुपर्छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई काठमाडौंको व्यस्त सडकमा दिउँसै गोली हानेर हत्या गरिएको घटना पनि यस्तै संवेदनशील प्रकृतिको हो । घटनाको प्रकृति तथा पीडितको व्यक्तित्वका कारण पनि यो हत्या अपेक्षाकृत बढी गम्भीर देखिएको छ । यसैले घटनाबाट उनका परिवारजन र सहकर्मीहरूमात्र हैन समाजको सबै क्षेत्र स्तब्ध र आक्रोशित बनेको हो ।

यस्ता घटनालाई एकातिर राजनीतिकरण गरिने डर हुन्छ भने अर्कातिर अपराधीले त्यही आडमा उम्कने मौका छोप्नसक्छ । यस्तै, सञ्चार माध्यममा अनुमानका भरमा अपुष्ट समाचार दिइँदा वा सामाजिक सञ्जालमा भ्रामक सूचना संप्रेषण गरिँदा प्रहरीको अनुसन्धानसमेत अलमलिने जोखिम हुन्छ । कतिपय अवस्थामा त प्रहरीले संचार माध्यमलाई प्रयोग गरेर गलत सूचना प्रवाह गरेकोसमेत हुन्छ । यस्तो सूचनालाई पछि प्रहरीले नै आफ्नो रणनीति कार्यान्वयनका लागि उपयोग गर्छ । यतिमात्र हैन कारबाही गरेको देखाउन प्रहरीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने गरेकोसमेत उदाहरण पाइन्छ । यसैले अध्यक्ष गौचनको हत्याको विषयमा पनि दोषीले सजाय पाओस् रअपराधलार्इ कुनै पनि रंग दिएर संरक्षण गर्ने काम हुन नपाअाेस् भनेर सबै पक्ष सजग हुनुपर्ने देखिन्छ ।

Agni Group

नेपाली समाजमा हतियार राख्ने चलन पुरानै भए पनि साना मारक हतियारहरूको बिगबिगी भने हालैमात्र हुनथालेको हो । विश्वमा तस्करी हुने प्रमुख वस्तुमा पर्ने साना हतियार बढी पाइने समाज अपराधमा पनि अगाडि नै हुनेगरेको छ । अपेक्षाकृत खुकुलो हतियार नीति अपनाउँदा एक्लो व्यक्तिले पनि ठूलो नरसंहार मच्चाउन सक्छ भन्ने अमेरिकाको लस भेगासमा केही दिन पहिले भएको घटनाबाट पुष्टि भएको छ । प्रहरीले गौचनको हत्या भएलगत्तै केही व्यक्तिलाई अवैध हतियारसहित पक्रेको छ । अर्को कुनै एउटा समूहले प्रहरीलाई फोन गरेर हत्याको जिम्मेवारी सकारेको बताइएको छ । प्रहरीले उपयुक्त विधि र प्रविधिसमेत प्रयोग गरेर हत्याका छानबिन गर्नुपर्छ । राजनीतिक दबाब वा आर्थिक वा अन्य कुनै प्रलोभनमा परेर प्रहरीले अनुसन्धानलाई शिथिल बनाउनु हुँदैन । यस्तै, गौचनको हत्याबाट कुनै पनि समूहले राजनीतिक स्वार्थ सिद्ध गर्ने मौका नपाओस् भन्नेमा पनि सजग रहनु जरुरी छ । चुनावको समय भएकाले अपराधलाई राजनीतिक विषय बनाउन खोजिन पनि सक्छ । यस्तो अवस्था उत्पन्न हुन नदिन पीडितका परिवारजन र समाज पनि सजग हुनुपर्छ ।

अपराधी समूहलाई तह लगाउन र समाजलाई सुरक्षाप्रति विश्वस्त बनाउन पनि गौचन हत्याको यथार्थ चाँडै नै जनसमक्ष प्रस्तुत गर्न नेपाल प्रहरी सफल हुनुपर्छ । विगतका केही उदाहरणले नेपाल प्रहरीको क्षमता पुष्टि भइसकेको छ । घटना भएकै दिन गोली हान्ने समूहको पहिचान भइसकेको दाबी प्रहरीले गरेकाले पनि दोषीलाई सजाय दिलाउन प्रहरी छिटै सफल हुने अपेक्षा राख्दा अन्यता हुनेछैन । सरकारले वैध र अवैध दुवै प्रकारका हतियार नियन्त्रणमा निर्वाचनसमेतका कारण पनि विशेष ध्यान दिनुपर्छ । सुरक्षा व्यवस्थाका कारण निर्वाचन प्रभावित नहोस् !

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC