site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सदाचारी गठबन्धन आवश्यक 

गणतान्त्रिक संविधान कार्यान्वयनका क्रममा यही मंसिरमा हुने संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा भएको कम्युनिस्ट गठबन्धन र त्यसको प्रतिवालमा हुने भनिएको प्रजातान्त्रिक गठबन्धनको चर्चाले नेपालको राजनीति तताएको छ । केहीले राजनीतिक ध्रुवीकरणबाट स्थिर सरकार बन्नसक्ने आशा गरेको र कतिपयले मुलुक थप द्वन्द्वमा फस्ने डर पनि व्यक्त गरेको देखिएको छ । 

अर्कालाई धोका दिन र व्यर्थको विवाद गर्न माहिर यस देशका राजनीतिक नेता भष्टाचारका विषयमा भने ’इमानदार’ देखिएका छन् । अर्थात्, ठूला उनीहरू उक अर्कालाई धोका दिँदैनन् । बरु, सर्वदलीय सहमति जुटाएर भ्रष्टाचार गर्छन् । भ्रष्टाचार गर्न सत्ता पक्षदेखि विपक्षसम्म, राजनीतिक नेतादेखि प्रशासकसम्म, अख्तियारदेखि अदालतसम्म, सरकारी, गैरसरकारी, निजी क्षेत्र सबैलाई सहभागी गराएर सबैको सहमति हुन्छ । 

Agni Group

भ्रष्टाचारको यो चकव्यूह नतोडी कम्युनिस्ट वा लोकतान्त्रिक कुनै गठबन्धनबाट पनि देशको समृृद्धि र विकास सम्भव छैन । यी दुई गठबन्धन बनाएका दलका नेताका इतिहास सहकर्मीलाई धोका दिने प्रकृतिकै छ । अहिले पनि यिनले सहकर्मी दललाई धोका दिने संभावना नै बढी छ । कुनै एक गठबन्धनले दुई तिहाइ बहुमत ल्याए पनि भ्रष्ट संस्कारको प्रवर्धन गरेर समृद्ध नेपाल बनाउने नेपाली जनताको चाहनालाई धोका दिने निश्चित् छ । 

तसर्थ, अहिलेको राष्ट्रिय आवश्यकता कम्युनिस्ट र पजातान्त्रिक गरी फरक फरक विचारको गठबन्धन होइन । अवश्यकता त सबै दलमा रहेका भ्रष्टाचार विरोधीको गठबन्धनको हो । यसैले कम्युनिस्ट र कांगेस गठबन्धनका पक्षमा रहेका देशभक्त, प्रजातान्त्रिक, पगतिशील, राजावादी, गान्धीवादी, मार्क्सवादी, माओवादी, पहिचानवादी, बाहुनवादी जतततै छरिएर रहेका सदाचारी, भ्रष्टाचारविरोधी गठबन्धन बनाएर आगामि चुनावमा दुई तिहाइ बहुमत ल्याउन सकेमात्र देशले निकास पाउँछ । देशमा भ्रष्टाचारको पकड अत्यन्त बलियो रहेकोले पहिले त्यसलाई भत्काउनु जरुरी देखिन्छ।

Global Ime bank

विगतमा संसदले विशेष प्रस्ताव पारित गरेर दुईसय पचास वर्षभन्दा पुरानो शाहवंशीय राजतन्त्र फाल्न सफल भएको थियो । राजतन्त्रभन्दा पनि शक्तिशाली अदालत, अख्तियार, अस्पतालसम्म पैmलिएको देशको भ्रष्ट संरचना भत्काउन दुई तिहाइ मत आवश्यक हुनसक्छ । यसैले भ्रष्टाचार मेटाउने देशको एकमात्र राष्ट्रिय आवश्यकता पूरा गर्न सबै भ्रष्टाचार विरोधी एकत्रित हुनुपर्ने देखिन्छ । 

भ्रष्टाचारी, कमिसनखोर नेता कार्यकर्ताको कब्जामा रहने कम्युनिस्ट वा प्रजातन्त्रवादी गठबन्धन गर्नुको अर्थ छैन । सबै दलका भष्टाचार विरोधी मिलेर, भ्रष्टाचार विरोधि नयाँ चुनावी गठबन्धनमार्फत् दुई तिहाइ बहुमत ल्याएर विध्यमान भ्रष्ट राज्य संरचना भंग गरी सम्पूर्ण पुनर्संरचना गर्ने अभियान सुरु गरौँ र त्यसमा सहभागी होऊँ । सदाचारीको दुई तिहाइ बहुमत हुने संसदको निर्माण गरी देशलाई समृद्ध बनाउने ढोका खोलाँै । विधिद्वारा शासित राज्य संरचनामा मात्र सबैको बाद र पहिचानले फस्टाउने मौका पाउनेछ ।

(ककनी गाउँपालिका ८, नुवाकोट)

इमेलः shivaadhi@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC