site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
अब कांग्रेस पनि बदलिनुपर्छ 

नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालबीच चुनाबी तालमेल हुँदै पार्टी एकता हुने भएपछि एक प्रकारको हलचल मच्चिएको छ । यो एकता कत्तिको प्रभावकारी हुने हो भन्ने चाहिँ पर्खेर हेरेपछि  मात्र थाहा हुनेछ । हुनत, एकता हुनु, सैद्धान्तिक ध्रुवीकरण हुनु, नेपाली नेपाली मिल्नु, नेपालको स्थायित्वको लागि सकारात्मक हो । तर, देशलाई स्थायित्व र समृद्धि दिन नसके यस्तो एकताको कुनै अर्थ हुँदैन । 

नौ नौ महिना सत्ता बाँडीचुडी खाउँ भनेर गरिएको एकता, भागबन्डाको एकता, एक अर्कालाई उल्लु बनाउदै आफ्नो स्वार्थ पूरा गर्ने एकताले देशलाई स्थायित्व दिएर बिकासको बाटोमा लान सक्दैन ।  हामी मिलेर व्यवस्था परिवर्तन गरेका छौँ अब मिलेर स्थायी सरकार बनाउछौँ, देशलाई आर्थिक समृद्धि र विकासको बाटोमा लैजान्छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाएर, स्थायी र बलियो सरकार बनाएर जनताको मन जित्दै विकासका काम गर्छौँ । भन्नेजस्ता लक्ष्य लिएर गरिएको एकता हो भने त्यसको सम्पूर्ण नेपालीले स्वागत गर्नुपर्छ । 

Agni Group

एकतापछि बन्ने नयाँ पार्टी कम्युनिस्ट केन्द्रभन्दा बढी समाजवादी केन्द्र हुनुपर्ने हो तर अधिकारिक नाम घोषणा नभइसकेकोले त्यसका बारेमा अहिले चर्चा नगरौँ ।
अबको नयाँ परिस्थितिमा नेपाली कांग्रेसले पनि एकपल्ट  आत्मसमीक्षा गरेर भावी रणनीति तय गर्नुपर्ने देखिन्छ । नेपाली कांग्रेस पनि लोकतान्त्रिक समाजवादी पार्टी हो ।

तर, राम्रो सिद्धान्त र कैयौं राम्रा नेता हुँदाहुँदै पनि कांग्रेसको नेतृत्व भने धेरै चुक्यो । प्रमुख त, कैयौं अवसर पाउँदा कांग्रेसले देशलाई विकास र स्थायित्व दिनभन्दा केही नेता आफूबाहेक अरूलाई सत्तामा जान नदिने, अरूको सरकार दिगो हुन नदिने जस्ता विषयमा नै रुमल्लियो । अहिलेको समयमा आएर त भ्रष्टाचारीलाई संरक्षण गर्ने, युवालाई उपेक्षा गर्ने, अक्षमले नेतृत्व गर्ने, अरूको रणनीति नबुझेर पछि पर्ने, विदेशीको इसारामा चल्ने पार्टीजस्ता लाञ्छना सबभन्दा बढी कांग्रेसलाई लाग्ने गरेकोछ ।

Global Ime bank

कांग्रेस त्यति गएगुज्रेकै छ त ? छैन । जेजस्तो भएपनि कम्युनिस्ट एकताले सर्वसत्तावाद चलाउन र एकलौटी मनोमानी गर्न खोजे त्यसको सामना गर्न सक्ने पार्टी कांग्रेस नै हो ।  त्यसको लागि कांग्रेसले अब नेतृत्वमा ल्याउनुपर्छ २१ शताब्दी सुहाउँदो युवा नेतृत्वलाई र देखाउनुपर्छ जनतालाई एक जिम्मेवार शक्ति भएर |  लक्ष्य राख्नु पर्छ ५ वर्षमा युवा विदेशिने दरलाई आधा बनाएर देखाउने, बेरोजगारी आधा बनाएर देखाउने, विदेसिएकालाई फर्काएर देखाउने । पुल, बाटो, विद्युत् योजना पूरा गरेर देखाउने । आर्थिक वृद्धिदर १० प्रतिशत ५ वर्ष निरन्तर गरेर देखाउने । यसो गर्न नसके चाहे त्यो कम्युनिस्ट एकताको पार्टी होस् वा कांग्रेस राजनीतिक सर्कसमात्र मञ्चन भइरहन्छ देशमा । 

कम्युनिस्ट एकताले पनि गर्नुपर्ने त्यही हो र एकताले लहर ल्याएको छ । कांग्रेसले पनि त्यस्तो लहर सिर्जना गर्न  अग्रगामी र दूरदर्शी कदम चाल्नै पर्छ । विवेकशील साझा जस्ता पत्यारिला, क्षमताशील, जोस र जाँगर भएका युवालाई पार्टीमा सम्मानजनक ठाउँ दिनुपर्छ कांग्रेसले । मूल्य, मान्यता, संस्कार र देशको विकास र समृद्धिको लक्ष्य लिएको  अनि प्रजातान्त्रिक इतिहास बोकेको पार्टी त कांग्रेस नै हुनसक्छ । बाबुराम भट्टराईको नयाँ शक्तिको एमालेमा हुने म् विलयसँगै अब कांग्रेसले विवेकशील साझाजस्तो पार्टीका कुरा गहिरोसँग सुनेर, आफूलाई पनि परिमार्जन गर्दै. युवा र नयाँ सोचलाई समावेश गर्न सके कांग्रेसले गुमाएको विश्वास पुन: प्राप्त गर्न सक्छ ।  तर, कांग्रेसले गगन थापा जस्ता युवा नेतालाई गरेको उपेक्षाबाट त्यसमा सुधार हुने विश्वा गर्न कठिन छ । 

अर्कातिर विवेकशील साझा पार्टीका नेताहरूले पनि बदलिएको परिस्थितिमा  संवादका ढोका खुल्ला राख्दै देशलाई दह्रो विकल्प दिने सोच बनाउनुपर्छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC