site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दसैं नसँकिँदै दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरू चुनावी तालमेलदेखि पार्टी एकीकरणको सम्भावना खोज्न व्यस्त भइसकेका छन् । उता बर्दियाको गुलरिया लालपुरमा भने स्थानीय प्रशासनलाई कर्फ्यु लगाउनु परेको छ । धार्मिक सद्भावका लागि विख्यात नेपाली समाजमा दुई धर्मावलम्बी समुदायबीच तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रण गर्न सोमबार दिउँसो कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनले बताएको छ ।  हिन्दुहरूले दुर्गाको मूर्ती र मुसलमानहरूले ताजिया सेलाउने विषयमा आइतवार विवाद भएपछि झडपमा प्रहरीलगायत केही घाइते भएका थिए । प्रहरीले झडप साम्य पार्न लाठीचार्ज गर्नुका साथै अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो । 

धन्न, विवादमा कसैको ज्यान गएन । यसैले सायद, सामाजिक सद्भाव खलबल्याएर राजनीतिक स्वार्थ पूरा गर्न चाहने तत्त्व पनि नसलबलाउला । सोमवार राति कुनै अप्रिय घटना नभएपछि प्रशासनले मंगलवार कर्फ्यु हटाइसकेको छ । सम्भवतः अब तनाव दोहोरिनेछैन । स्थानीय बासिन्दाहरूबीच पहिले नै विवाद नहुनेगरी दुर्गा र ताजिया विसर्जनको समय तय भइसकेको र बाहिर व्यक्तिहरू अनपेक्षितरूपमा घटनास्थलमा आएपछि विवाद उत्पन्न भएको बताइएको छ । अर्थात्, गुलरियामा विवाद चर्काउन चाहने तत्त्वको अरू नै कुत्सित उद्देश्य हुनसक्छ । सम्भवतः स्थानीय प्रशासनको सुझबुझ र दुवै समुदायको संयमका कारण स्थित बिग्रन पाएन ।

Agni Group

दक्षिणी सीमा क्षेत्र विशेषगरी भारतको उत्तर प्रदेशसँग जोडिएको क्षेत्रमा साम्प्रदायिक सद्भाव बिथोलिने खतरा बढी नै छ । उत्तर प्रदेशमा हिन्दु कट्टरपन्थी योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि धर्म निरपेक्षताविरुद्ध दुष्प्रचार बढेको मानिन्छ । त्यसको प्रत्यक्ष प्रभाव सीमावर्ति नेपाली क्षेत्रमा पनि पर्नसक्छ । यद्यपि, नेपाली समाजमा हालैका स्थानीय तहका निर्वाचनहरूमा साम्प्रदायिकता खासै देखा परेन । हिन्दुत्त्ववादी राप्रपाले मुस्लिम र इसाई बहुल क्षेत्रमा निर्वाचन जितेको मात्र हैन मुसलमान उमेदवार हिन्दु राष्ट्र समर्थक दलबाट विजयी समेत भएका छन् । यसैले साम्प्रदायिक विवाद नेपाली समाजका लागि नौलो विषय हो । साम्प्रदायिकताको धमिरा समाजमा लाग्न नदिन प्रहरी प्रशासन हैन स्थानीय सामाजिक अगुवाहरू बढी सजग हुनुपर्छ । आशा गरौँ, यस्तो तनाव गुलरियामा मात्र हैन देशको कुनै पनि भागमा दोहोरिनेछैन ।  
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC