site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी चिकित्सक बनेको अभियोगमा प्रहरीले ठगी मुद्दा चलाइएका तीन जना धरौटीमा छुटेका रिहा भएका छन् । त्यस्तै एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेकालाई ठगी अन्तरगत मुद्दा चलाएकामध्ये मोरङबाट तीन जना आइतबार धरौटीमा छुटेका हुन् । सुनसरीमा एक जना अदालतले माग गरेबमोजिमको धरौटी बुझाउन नसक्दा जेल चलान भएको प्रहरीले जानकारी दिएको छ । 
 
चिकित्सक कार्यरत रहेका संस्था र अवधिका आधारमा आर्जन गरेको आय बराबरीको ठगी गरेको भन्दै बिगो बमोजिमको माग दाबी गरे अनुसार जिल्ला अदालत मोरङबाट डाक्टर लिली सिंह, अब्दुल कलाम र सन्जयकुमार दास धरौटी बुझाएर छुटेका छन् भने परिवार नियोजन कार्यालय इटहरी सुनसरीका प्रमुख डाक्टर मनिष अर्याललाई ३२ लाख २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाइएको  छ । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले अर्याललाई धरौटी माग गरेकोमा बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC