देशभरका सरकारी अस्पतालमा बहिरंग विभाग (ओपीडी) बन्द भएको छ । डाक्टरहरूले निजी अस्पतालमा समेत बाहिरका बिरामी हेरेका छैनन् । चिकित्सकको लापरबाहीले बिरामीलाई हानि भएमा चिकित्सक व्यक्तिगतरूपमा जिम्मेवार हुनुपर्ने प्रावधान राखेर ऐन बनाएपछि बिच्किएका डाक्टरहरूले उनीहरूमाथि दुव्यर्वहार गर्ने व्यक्तिलाई ठाडै झ्यालखाना पठाउनुपर्ने माग राखेका छन् । स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई ठाडै झ्यालखाना पठाउने माग ऐनमा समावेश नहुँदासम्म बिरामीको जति बिचल्ली भए पनि उनीहरू काममा नफर्कने जिद्दी गर्दैछन् । चिकित्सकहरूको आन्दोलनको नेतृत्व नेपाल चिकित्सक संघले गरिरहेको छ । यसैले पनि आन्दोलनको गम्भीर असर पर्ने जोखिम देखिन्छ । बिरामी हेर्ने सेवा अर्थात् आप्mनो धर्म नै छाड्ने डाक्टरहरूको यस जिद्दीले समाजमा उनीहरूको साख खस्काएको छ । सरकारले उनीहरूको माग सम्बोधन गर्ने वाचा गर्दै हड्ताल बन्द गर्न आह्वान गरिसकेको भए पनि डाक्टरहरूको जिद्दी कायमै रहनु दुर्भाग्यपूर्ण हो ।
डाक्टरहरूबाट उपचारका क्रममा हेलचेक्य्राइँ हुँदैन भन्नु ‘सूर्यलाई हत्केलाले छेक्नु’ जस्तै हो । कतिपय अवस्थामा त चिकित्सा आवरणमा अपराध पनि हुन्छ । तर, यो अपवाद हो । आफ्नो पेसाको धर्मविपरीतको आचरण गर्नेहरू अधर्मी हुन् । सबै पेसामा अधर्मी हुन्छन् । डाक्टरहरू पनि यसका अपवाद हुनसक्तैनन् । कानुन अपवादका लागि पनि सम्बोधन गर्नेगरी बनाउनुपर्छ । यद्यपि, नेपालमा विशेषगरी पछिल्ला वर्षहरूमा संगठित समूहको स्वार्थ सिद्ध हुनेगरी कानुन बनाउन थालिएको छ । चिकित्सा शिक्षामा सुधार गर्न डा. गोविन्द केसीसँग भएका सम्झौताअनुसार तर्जुमा गएिको विधेयकमाथि माफिया शैलीको संगठित स्वार्थी समूहको आक्रमण यसको ज्वलन्त उदाहरण हो । यसैले डाक्टरहरूले पनि संगठितरूपमा दबाब दिएर आप्mना पक्षमा कानुन निर्माण गराउन खोज्नु खासै खाश्चर्यको विषय होइन । तर, यसले देशमा माफियाको पूर्ण नियन्त्रणका लागि बाटो खोल्नेछ ।
हुनत, आआप्mनो हितको रक्षाका लागि पैरवी गर्नु र यदाकदा दबाब दिनु पनि लोकतान्त्रिक प्रणालीमा सामान्य अभ्यास नै मानिन्छ । तर, कानुन निर्माणका क्रममाआफ्नो स्वार्थ रक्षका लागि मुलुकलाई बन्धक बनाउनु लोकतान्त्रिक अभ्यास मानिन सक्तैन । यथार्थमा, डाक्टरहरूलाई चिकित्साका क्रममा भएको त्रुटिका लागि व्यक्तिगतरूपमा दोषी ठहर गर्ने कानुनको प्रस्तावित प्रावधान जति अनुपयुक्त र अन्यायपूर्ण छ कुनै पनि व्यक्तिलाई अभियोग लाग्नेबित्तिकै थुनामै राख्ने प्रावधान पनि उत्तिकै अनुचित हुन्छ । नेपालजस्तो कमजोर न्यायपद्धति भएको देशमा कठोर कानुन बनाउँदा त्यसको दुरुपयोग नै धेरै हुन्छ । उदार शासन प्रणालीमा कानुन थोरै बनाइन्छ तर तिनको पालना हुन्छ । कठोर कानुन बनाएर पालना नहुने अराजकता उत्पन्न गर्नुभन्दा कानुको पालना हुने अवस्था उत्पन्न गर्दा नै विधिको शासन कायम हुन्छ । यसैले डाक्टरहरूले ऐन बनाउने क्रममा दबाब दिन देशभरका बिरामीलाई दसैंका बेलामा सकसमा पार्ने कार्य तत्काल रोकेर विधायकहरूकै विवेकमा छाड्नु उचित हुन्छ । डाक्टरहरू स्वयंले छातीमा हात राखेर आफैसँग सोधे भने पनि हड्ताल गर्न नहुने निष्कर्ष निस्कनेछ । डाक्टरहरूले त जुनसुकै अवस्थामा पनि अरूको जीवन बचाउने संकल्प (हिपोक्रेटिक ओथ) गरेका हुन्छन् । व्यक्तिले आफ्नो धर्म पालना नगरेमा धर्मले पनि उसको रक्षा गर्न सक्तैन ।