site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतीय राजदूतावासले अभियुक्तलाई नेपाल फर्काउला त ?

बहुसंख्यक नेपालीले भारतलाई मित्रवत् सम्मान र गौरवका साथ हेर्नेगरेका छन् । अहिले भारत संसारमा विशाल प्रजातान्त्रिक देशको रूपमा चिनिन्छ । यस्तो मुलुकको राजदूतावासबाट नेपालमा विदेशी मुद्रा तस्करीजस्तो गम्भीर प्रकृतिको फौजदारी मुद्दामा मुछिएका व्यक्तिलाई उम्काउन नेपालको परराष्ट्र तथा गृह मन्त्रालयमा पत्राचार गरेको समाचारले गम्भीर प्रश्न उत्पन्न भएको छ । भारतीय दूतावासको पत्रका आधारमा धरौटीमा छाडिएको भनिएको अभियुक्त अहिले फरार रहेको छ । अभियुक्तले राखेको धरौटीसमेत फिर्ता गराउन दूतावासबाट प्रयास भएको समाचारमा बताइएको छ । 

भारतले अरू देशका कूटनीतिज्ञले आप्mनो देशमा जस्तो आचरण र व्यवहार गरुन् भने चाहन्छ ठीक त्यस्तै व्यवहार भारतका कूटनीतिज्ञले पनि अरूको देशमा गर्नुपर्छ । सन् २०१२ को फरबरी महिनामा लगभग यस्तै घटना भारतमा भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्द महासागरमा रहेको इटालियन जहाजको सुरक्षामा तैनाथ इटालियन सैनिकले गोली चलाउँदा भारतको केरलामा दुई जना व्यक्ति मारिए । भारतीय प्रहरीले ती दुवै इटालियन सैनिकलाई पक्राउ गरेर थुनामा राखी मुद्दा चलायो । ती सैनिकलाई भारतस्थित इटालियन राजदूत जमानीमा हिरासतबाट छुटाएर लगे । ती सैनिक भोट हाल्ने निउले इटाली गए । त्यसपछि उनीहरू भारत सरकारले जति कोसिस गरे पनि भारत फर्केनन् । यसको भारतमा कडा विरोध भयो ।  

अपराधी भगाएको अभियोगमा राजदूतलाई नै देश छाड्न नदिने आदेश भारतको सर्वोच्च अदालतले दियो । भियना सन्धि र कूटनीतिक उन्मुक्तिको जति दुहाई दिए पनि अदालतको आदेशमा भारत सरकार अडिग रह्यो । अन्ततः इटाली सरकारले ती अभियुक्तलाई भारतीय अदालतमा उपस्थित गराएको थियो । अभियुक्तलाई भारतीय अदालतमा उभ्याएपछि मात्र यो काण्ड साम्य भयो ।

Global Ime bank


यही घटना स्मरण गरेर नेपालस्थित भारतीय राजदूतबाट पनि इटालीको राजदूतावासले गरेजस्तै अभियुक्तलाई भारतबाट नेपालमा झिकाएर अदालतमा बुझाउने अपेक्षा गरिएको छ । अभियुक्तलाई सफाइ वा सजाय दिने काम अदालतको हो । भारतीय राजदूतले नेपाली जनताको भावना र मित्रताको कदर गरून् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC