site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
व्यवस्थापनमा अलिकति ध्यान दिएको भए सजिलै बन्दोबस्त गर्न सकिने भए पनि भूकम्पपीडितले घर बनाउने काठसमेत पाउनसकेका छैनन् । हुनत, भूकम्पका कारण एकै पटक लाखौं घर बनाउन पर्ने भएपछि काठको अभाव हुनु अस्वाभाविक होइन । त्यसमाथि, हिमाली क्षेत्रमा घर बनाउन पुग्ने काठको यसै पनि अभाव हुने गर्छ । कतिपय हिमाली तथा उच्च पहाडी क्षेत्रका गाउँहरू भूकम्पका कारण पूरै क्षतिग्रस्त भएका छन् । पहाडी क्षेत्रका गाउँमा पनि सबैलाई पुग्ने राम्रो काठ सामुदायिक वनमा नहुनसक्छ । उदाहरणका लागि गोरखाको समाचारलाई लिन सकिन्छ । गोरखामा भूकम्पले भत्काएका ६० हजारभन्दा बढी घर पुनःनिर्माण गर्न कम्तीमा ३५ लाख सिएफटी काठको आवश्यक भए पनि जिल्लाका वनमा त्यति परिमाणमा काठ छैन । सम्बन्धित वन अधिकृतका अनुसार जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनबाट एक वर्षमा बढीमा पाँच लाख सिएफटी मात्र काठ उपलब्ध हुनसक्छ । अर्थात्, भूकम्पपीडितका लागि चाहिने काठ जिल्लाको वनबाट नै लिनुपर्ने हो भने वन मासिन सक्छ ।  
 
पुनरुत्पादन हुनेभन्दा बढी मात्रामा काठ कटानी गरिएमा वन मासिन्छ । पहाडी जिल्लाका अधिकांश वन सामुदायिक वन प्रणाली थालिएपछि मात्र नांगा डाँडा पुनः हरियो भएको हो । यसैले अहिले वन मासिने गरी काठ काट्न सम्भवतः भूकम्पपीडितहरू नै तयार हुँदैनन् । र, भूकम्पपीडितलाई घर बनाउन पुग्ने न्यूनतम काठ सरकारले उपलब्ध नगराई पनि हुँदैन । यसैले काठको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजी गर्नुको विकल्प छैन । जिल्लाभित्र वन नमासिने गरी काट्न मिल्ने काठ काट्ने र भत्केका घरका काममा लगाउन सकिने जति काठ प्रयोग गर्ने हो भने धेरै जिल्लामा काठको ठूलो अभाव पूरा हुनसक्छ । तल्ला पहाडी भेग र बेसी भागमा सामुदायिक वनकै काठले पनि धेरै खाँचो टार्नेछ । मौका परेको ठानेर मनपरी काठ काट्न भने भूकम्पपीडितलाई पनि दिनु हुँदैन । अर्थात्, पहाडी जिल्लाका लागि केही काठको अभाव रहनेछ । अर्को विकल्प देशबाहिरबाट काठ ल्याउने वा काठको साटो सकेसम्म धातुका सामग्री प्रयोग गर्ने हो । तर यो विकल्प मूलतः आर्थिक दृष्टिबाट असम्भव र मूर्खतापूर्ण हुन्छ । यसैले तराई र भित्री मधेसका वनबाट काठ आपूर्ति गर्नु अर्को विकल्प देखिन्छ ।
 
धेरै समयदेखि तराईका वनमा ढलेका काठ सडेर गइरहेको समाचार सार्वजनिक भइरहेको छ । वनमा लाखौं क्युबिक फीट काठ सडेर जाने तर भूकम्पपीडितले घर बनाउन न्यूनतम काठ पनि नपाउने अवस्थाले सरकारको निकम्मापनको पोल खोल्छ । साथै, सरकारका विभिन्न निकायबीच समन्वय गरेर काठको व्यवस्था गर्न नसक्नु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पनि कमजोरी हो । भूकम्प नगएकै भए पनि वनमा ढलेका रुख सड्न दिनु हुँदैन थियो । अहिले त झन् काठ राष्टिय आवश्यकता नै भएको छ । सबै काठ एकै वर्षमा चाहिने पनि हैन । तर, सकेसम्म चाँडै काठको व्यवस्था नगर्ने हो भने यो वर्ष पनि भूकम्पपीडितले घर बनाउन सक्नेछैनन् । यसैले वन नमासिने गरी जिल्लाका सामुदायिक वनका काठ काट्न स्थानीय स्तरमा व्यवस्था मिलाउने र भूकम्प ग्रस्त क्षेत्रबाहिरका राष्ट्रिय वनमा ढलेका रुखहरूबाट काठ आपूर्ति गर्न सरकारले तत्काल प्राथमिकता दिनुपर्छ । सकेसम्म वनका रुख ढाल्ने हैन ढलेका रुखको व्यवस्थापन गरेर काठको आपूर्ति गर्ने नीति अपनाउनु लाभदायी हुन्छ । भूकम्प ग्रस्त क्षेत्रबाहिरका सामुदायिक वनबाट पनि दिन सकिने जति काठ उपलब्ध गराइदिन सरकारले आह्वान गरेमा केही अभाव पूर्ति हुनेछ । तर, यसक्रममा तस्कर र वन माफियाले मौका नछोपुन् भनेर सावधान भने हुनै पर्छ । सरकारी कर्मचारीको मिलेमतोमा नै काठको पनि तस्करी हुने हुनाले उनीहरूमाथि पनि निगरानी भने गर्नुपर्छ । वनबाट ढलेका रुखहरू काटेर काठका रूपमा उपलब्ध गराउन आवश्यक भए सशस्त्र सुरक्षा बलहरूलाई जिम्मा दिए पनि हुन्छ । 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC